२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको भारत भ्रमणमा लङटर्म पावर डिलको प्रयास हुन्छ : परराष्ट्रमन्त्री 

अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा दीर्घकालीन ऊर्जा सम्झौताको प्रयास हुने बताएका छन् ।

प्रधानमन्त्री दाहालको ४ दिने औपचारिक भारत भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै विद्युत् आयोजनाहरूमा भारतीय लगानी आकर्षित गर्न प्रयास हुने बताएका हुन् ।

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री साउदले भने, ‘विद्युत् आयोजनाहरूमा भारतीय लगानी आकर्षित गर्ने, ट्रान्समिसन लाइन विस्तार गरेर विद्युत् व्यापार बढाउने भारतसँग विद्युत् व्यापारसँगै बांग्लादेशसँग पनि विद्युत् व्यापार गर्ने आधार बनाउने हामीले यस भ्रमणमा तयार गर्नेछौँ ।’

त्यस्तै नेपालमा उत्पादित विद्युत्को बिक्रीको सुनिश्चितताको प्रयास गर्ने पनि परराष्ट्रमन्त्री साउदले बताए । उनले भने, ‘नेपालमा विद्युत् क्षेत्रमा लगानी अभिवृद्धि गर्नका लागि, बिजुली बिक्री हुने बजारको सुनिश्चितता गर्नका लागि भारतसँग लङटर्म पावर डिल गर्ने प्रयास हुनेछ । नेपालमा अर्बौँ खर्बौँ विद्युत्‌मा लगानी गरिसकेपछि त्यो बेच्न सकिन्छ भन्ने लगानीकर्ताहरू आश्वस्त हुन सकुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार भारतको ४ दिने भ्रमणमा जाने कार्यक्रम रहेको छ । जसमा परराष्ट्र र ऊर्जालगायतका मन्त्री सहभागी छन् ।