काठमाडौँ । अव शिक्षक कर्मचारीहरूले टिकटक चलाए कारबाही हुने भएको छ । आइतबार एक सूचना जारी गर्दै नवलपरासीको गैँडाकोट नगरपालिकाले कक्षा कोठामा टिकटक, फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल प्रयोग नगर्न भनेको हो ।
सामाजिक सञ्जालको दुरुपयोग गर्दै कार्यालयमा अवाञ्छित र अमर्यादित भाषा प्रयोग गर्ने, संस्थागत वा जनताको आम भलो हुने निर्णय गर्दा विद्यालय तथा कार्यालयमा व्यक्ती वा नेतृत्वलाई गलत लाञ्छना र अमर्यादित भाषा प्रयोग गर्नेको संख्या वृद्धि भएको गुनासो शिक्षा शाखामा पुगेपछि सूचना सार्वजनिक गरिएको हो ।
निर्देशन विपरीतका कार्य गरेको पाइए कारबाही गर्ने चेतावनी नगरपालिकाले दिएको छ ।
