२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकवानपुरका सामुदायिक वनलाई थप हरियो बनाउन बजेट

अ+ अ-

काठमाडौँ । मकवानपुरमा उजाड भएका ११ सामुदायिक वनलाई रु ५३ लाख ७० हजारको लागतमा दीर्घकालीन रूपमा हरियो बनाउनका लागि वृक्षारोपणसहित बाँसको घेरा हालिएको छ ।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत वसन्तराज गौतमका अनुसार सामुदायिक वनलाई सदाका लागि हरियाली बनाउन उक्त कार्यक्रम लागू गरिएको हो । चालु आर्थिक वर्षमा बागमती गाउँपालिका-६ स्थित सल्लेडाँडा सामुदायिक वन उपभोक्ता समूह र नमोबुद्ध सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रलाई पुनरुत्थान गरिएको छ ।

यस्तै भैरव सामुदायिक वन उपभोक्ता समूह, वडा नं ७ को शक्तिशाली सामुदायिक वन उपभोक्ता समूह, बागमतीकै वडा नं १ को त्रिवेणी सामुदायिक वन उपभोक्ता समूह, वडा नं २ को बेलघारी सामुदायिक वन उपभोक्ता समूह, बकैया गाउँपालिका-२ को कल्याण सामुदायिक वन उपभोक्ता समूह, बकैयाँ-७ को प्रतिभा सामुदायिक वन उपभोक्ता समूह र बकैयाँ-८ को कालेश्वर सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रलाई पुनरुत्थान गरिएको सहायक वन अधिकृत गौतमले जानकारी दिए ।

डिभिजन वन कार्यालयले लगानी गरेको वनमा सबै सरसफाइ गरेर घेराबारा समेत गरेर चरिचरन नियन्त्रण गर्दै वृक्षारोपण गरेर भविष्यमा आम्दानी लिन सक्ने वातावरण तयार गर्न लागिएको उनले बताए । वन क्षेत्रको संरक्षणका लागि वन हेरालु राख्ने र अतिक्रमण रोक्न मद्दत पुग्ने गौतमको भनाइ छ । कार्यक्रमले मकवानपुरका विभिन्न वन समूहमा आबद्ध गरिब किसानले वन व्यवस्थापन गरी मनग्य आम्दानी लिन सक्ने छन् । वनमा विभिन्न जातका रूख, फलफूल, जमिन मलिलो गराउने विभिन्न जातका बोटबिरुवा, घाँस, डालेघाँस लगाइएको छ ।

मकवानपुरगढी गाउँपालिका-४ मा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समूहमा उक्त कार्यक्रम सञ्चालन पछि हरियाली र सुन्दर बन्ने विश्वास रहेको उक्त सामुदायिक वन समूहका अध्यक्ष सकेलाल लोले बताए । उनका अनुसार वन क्षेत्रमा झाडीको फँडानी गर्ने काम गर्नाका साथै लहरा काटिएको छ । वन क्षेत्रमा रहेका थाकलका बुट्यानहरु नष्ट गर्दै बाँसको घेराबारा गरेर विभिन्न जातका बिरुवा रोपिएको अध्यक्ष अर्जुन प्रसाद तिमल्सिनाले जानकारी दिए । बाँसको घेराबाराभित्र बाँस, सजीवन लगायतका तीन हजार ६ सय बिरुवा रोपिएको उनको भनाइ छ ।

यसैगरी मकवानपुरको पूर्वी गाउँपालिका वकैया-७ मा रहेको हात्तीचरण सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा पनि हैसियत बिग्रेको सामुदायिक वनलाई सबै मिलेर पुनरुत्थान गरिएको बताइएको छ । वनको तीन हेक्टर क्षेत्रफलमा कार्यक्रम सञ्चालन गरिएको वन समूहका अध्यक्ष पोसबहादुर घिमिरेले बताए । यस क्षेत्रको खाली रहेको जमिनमा चाप, टाँकी, काभ्रो, सजिवन, अमला लगायतका तीन हजार बिरुवा रोपिएको उनले जानकारी दिए । वनमा आश्रित अति गरिब र सीमान्तकृत समुदायको उत्थानमा यस कार्यक्रमबाट सहयोग पुग्ने डिभिजन वन कार्यालयले जनाएको छ ।