२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ‘प्रचण्ड’ले राजीनामा दिनुपर्छ : गोकुल बास्कोटा

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्ता स्वार्थका निम्ति देशको सार्वभौमसत्ता साट्न नसकिने बताएका हुन्।

‘एक माघले जाडो जाँदैन, राजनीतिमा एकले अर्कालाई वाच गरिरहेको हुन्छ भन्ने कुरा स्मरण गराउन चाहन्छु। उहाँले राजीनामा दिनुपर्छ, हाम्रो भनाइ त्यही हो। उहाँले एक्सक्युज गर्नुपर्छ। उहाँको भनाइ स्पष्ट रूपमा हामीलाई, यो सार्वभौम संसद्लाई, यसमार्फत दुई करोड ९१ लाख नेपाली जनतालाई आश्वस्त पार्ने खालको आउँछ कि आउँदैन, हाम्रो पर्खाइ त्यो हो,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले संसद्लाई स्पष्ट पार्नुपर्दछ। उहाँले सक्नुहुन्छ भने देशका लागि उभिने आँट गर्नुस्। पद छोडिदिनुस्। सत्ता स्वार्थको निम्ति देशको सार्वभौमसत्ता साटिँदैन।’

आफूमाथि गम्भीर प्रश्न उठेपछि सदनलाई विश्वास लिनुपर्नेमा प्रधानमन्त्रीले कोसी प्रदेश सरकारमा राजनीतिक ‘कु’ गरेकाे बास्कोटाको आरोप थियो। उनले भने, ‘यति गम्भीर प्रश्न उठाएपछि हाम्रो आशा थियो, हाम्रो विश्वास थियो– प्रधानमन्त्रीले सदनलाई विश्वासमा लिनुहुन्छ। आफ्नो कुरा प्रस्ट पार्नुहुन्छ। तर, गठबन्धनको बैठक राखेर, कोसी प्रदेशको सन्दर्भमा समेत त्यहाँको सरकारमा राजनीतिक ‘क’ गर्ने काम गरे। संविधान च्यात्ने काम भयो।’