७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनगणनामा ७ लाख ७१ हजार बढी व्यक्ति छुटेको पुष्टि

अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ मा ७ लाख ७१ हजार ९९८ जना व्यक्तिको गणना छुटेका छन् । जनगणनाको नतिजाले नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना देखाएकोमा ‘गणना जाँच सर्वेक्षण(पीईएस)मा छुटेको पुष्टि भएको हो । जनगणनाको प्रभावकारिता जाँच गर्न सर्वेक्षण हुने गरेको छ ।

सर्वेक्षणबाट पत्ता लागेका जनगणनामा छुट मानिसहरू समेत जोड्दा नेपालको वास्तविक जनसङ्ख्या २ करोड ९९ लाख ३६ हजार ५७६ पुगेको छ । तर नेपालको जनसङ्ख्याको आधिकारिक तथ्याङ्कहरूमा भने यसअघि सार्वजनिक भएको २ करोड ९१ लाख ६४ हजार ५७८ नै प्रयोग हुने जनाइएको छ ।

कुल २ दशमलव ७३ प्रतिशत त्रुटि देखिएको जनगणनामा छुटपुट २.५८ प्रतिशत छ र दोहोरो गणना ०.१५ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ ।

२०७८ साल भन्दा अगाडि तथ्याङ्क कार्यालय आफैले जनगणनाको जाँच सर्वेक्षण गर्दै आएकोमा सैद्धान्तिक अवधारणा र संयुक्त राष्ट्रसङ्घको सुझाव अनुसार यस्तो सर्वेक्षण स्वतन्त्र र सो क्षेत्रमा दक्षता प्राप्त निकायबाट गराउनु पर्छ भन्ने मान्यताअनुसार २०७८ सालको पूर्णता र शुद्धता मापन गर्न कार्यालयले श्रम अध्ययन कार्यक्रम, त्रिभुवन विश्वविद्यालयलाई यसको जिम्मेवारी दिएको थियो । सोही अनुसार विश्वविद्यालयले जनगणनामा ७ लाख ७१ हजार जना व्यक्तिको जनगणनामा छुट भएको निष्कर्ष निकालेको हो ।

२५ कात्तिकदेखि ९ मंसिर २०७८ सालमा भएको जनगणनाको नतिजा जाँच सर्वेक्षणको काम २०७८ सालको माघ महिनाको अन्तिम साताबाट सुरु गरी २०७९ साल जेठ मसान्त भित्र सम्पन्न गरिएको थियो ।

जनगणना गर्दा र नतिजा प्रकाशनकै क्रममा धेरै मानिसहरूले आफूकहाँ गणक नपुगेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस