१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्युनिस्टहरू मिलेर समाजवादी मोर्चा बना‍‍औँ: वामदेव गौतम

अ+ अ-

 काठमाडौँ । पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिस्टहरूलाई एकतावद्ध हुन आह्वान गरेका छन्।

आइतबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले यस्तो बताएका हुन्।

उनले समाजवादी मोर्चा बनाउनु राम्रो भए पनि एक-दुई वटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने बताए। उनले नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवादको निर्माण कम्युनिस्ट मोर्चाहरू मिलेर मात्रै सम्भव रहेको बताए।

नेता गाैतमले भने, ‘सबै कम्युनिस्टहरू एकतामा आऔँ। मोर्चाको उद्देश्य नेपाली जनताको समृद्धिलाई बनाऔँ । लोकतान्त्रिक मूल्य, मान्यताको समाजवाद, समृद्ध समाजवाद राखेर एउटा मोर्चामा आवद्ध हुनुपर्छ। जसको लागि प्रचण्ड, कमरेड माधव नेपाल र अरू अरू मिलेर सुरु गर्नुभएको छ। राम्रो काम गर्नुभएको छ तर दुई तीनवटा पार्टी मिलेर मोर्चा बनाउने काम नगर्नूस्। सबै मिल्नुपर्छ, सबैलाई ल्याउन सक्नुपर्छ। समाजवाद नै निर्माण गर्ने हो, जति सकिन्छ त्यत्ति सामाजिक उत्पादनका लागौँ। पुनः कम्युनिस्टहरू एक ठाउँमा हुनुपर्छ।’

उनले पुष्पलालले देखेकाे सपना साकार पार्न कम्युनिस्ट पार्टीहरू एक भएर शक्ति आर्जन गर्नुपर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस