२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीले सडक बगाउँदा पश्चिम भोजपुरको जनजीवन कष्टकर

अ+ अ-

भोजपुर । राउते खोलाको बाढीले सडक बगाएपछि भोजपुरको पश्चिमी क्षेत्रका स्थानीयको जनजीवन कष्टकर बनेको छ। गत जेठ ३१ र असार ८ गते आएको बाढीले यो खोलासित जोडिएका ६ वटा सडक बगाएसँगै जनजीवन कष्टर बनेको हो।

बाढीले धेरै ठाउँमा सडक गहिरो बनाएर कटान गर्दा मर्मत गरेर सञ्चालनमा ल्याउनसमेत समस्या देखिएको टेम्केमैयुङ–९ का वडाध्यक्ष नभराज माङपाहाङले जानकारी दिए। ‘राउते खोलाको बाढीले हाम्रो वडामा करोडौँको क्षति भएको छ’, उनले भने, ‘यो खोला भएर बनेका सबै सडक बगाएको अवस्था छ। सडक अवरोध हुँदा दैनन्दिन निकै कष्टकर बनेको छ। यहाँको क्षतिको विषयमा राज्यले ध्यान दिन आवश्यक छ।’

बाढीले १६ वटा सिँचाइ कुलोसँगै एक झोलुङ्गे पुल बगाएको छ। यो खोलामा निर्माण भइरहेको पक्की पुलमा समेत क्षति पुर्याएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए। टेम्केमैयुङ–९ लेखर्कमा बाढीले ठूलो क्षति गरेकाले राज्यले ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ। जेठ ३१ गते राति आएको बाढीका कारण एक इन्जिनियरको ज्यानसमेत गएको थियो।

छबाढीका कारण एक महिनादेखि यातायात सञ्चालनमा समस्या छ’, उनले भने, ‘खोलाले धेरै ठाउँमा कटान गरेकाले कतिपय बस्ती जोखिमा छन्। सिँचाइ कुलो बगाउँदा किसानलाई खेती गर्न समस्या रहेको छ। यस्तो अवस्था हुँदा पनि राज्यको खासै ध्यान पुगेको देखिँदैन।’

बाढीका कारण भोजपुर सदरमुकामबाट कोट पाँचधारे हुँदै छिमेकी जिल्ला खोटाङ जोड्ने यो सडक एक महिना बढी समयबाट अवरोध हुँदा जनजीवन कष्टकर बन्दै गएको स्थानीय मानबहादुर सुनारले बताए। जनतामा ठूलो विपत्ति पर्दासमेत राज्यको ध्यान नगएको उनको गुनासो छ। ‘बाढीले यति ठूलो क्षति पुर्‍याउँदा पनि राज्य ध्यानले नदिएको जस्तो देखिन्छ’, उनले भने, ‘बाढीले सडक बगाउँदा दैनिक उपभोग्य वस्तुको अभाव देखिएको छ। तत्काल पहिलाको सडक मर्मत गर्न सकिने अवस्था छैन। वैकल्पिक मार्गको खोजी गरेर भए पनि यातायात सञ्चालनमा ल्याउन पहल हुन आवश्यक छ।’

विभिन्न ठाउँमा बाढीले क्षति गरेपछि स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय सन्तोष राईले बताए। छिमेकी जिल्ला खोटाङसँगै वडाका नागरिकलाई अस्पताल लैजान समस्या भएको उनको भनाइ छ। सडकका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ। ‘बाढीले सडक बगाउँदा जिल्लाको पश्चिमी क्षेत्रको जनजीवन निकै कष्टर बनेको अवस्था छ’, उनले भने, ‘एक गाउँबाट अर्को गाउँमा जान नसक्ने अवस्था छ। बिरामीलाई अस्पताल पुर्‍याउन सकिने अवस्था छैन। उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ।’

राउते खोलाको शिरमा डाँडापाखा रहेकाले वर्षा हुनासाथ आसपासको क्षेत्रमा धेरै जोखिम रहेको स्थानीयवासी टङ्क घिमिरेले बताए। असार ८ मा खोला थुनिएर बाढी बस्तीमा पस्दा स्थानीयको घरसँगै अन्नबालीमा क्षति पुर्‍याएको उनले बताए। बाढीले अहिले सडक भएको स्थान गहिराएर लगेकाले अर्को ठाउँबाट सडक विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ।

‘यो खोलाको शिर निकै ठूलो छ’, उनले भने, ‘खोलो थुनिएर बाढी बस्तीमा पस्दा क्षति गरेको छ। माथिल्लो भेगको धेरै ठाउँमा पहिरो गएकाले जुनसुकै अवस्थामा बाढी बस्तीमा छिर्ने देखिन्छ। त्यही स्थानबाट सडक मर्मत गरेर सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन। पहिला सर्भे भएको ठाउँबाट वैकल्पिक सडक विस्तार गर्न आवश्यक छ।’

गाउँपालिकाले विपद् कोषबाट सडक सञ्चालनमा ल्याउन पहल गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिए। तत्काललाई सडक सञ्चालनका लागि काम भइरहेको भए पनि ठूलो क्षति भएकाले राज्यका अन्य निकायबाट बजेट माग गरेर दीर्घकालीनरूपमा सडक निर्माण गर्ने योजना रहेको उनको भनाइ छ। ‘बाढीको कारण सो क्षेत्रको जनजीवन प्रभावित बनेको अवस्था छ’, उनले भने, ‘स्थानीयको समस्यालाई ध्यानमा राखेर गाउँपालिकाको विपद् कोषबाट मर्मत गरेर सञ्चालनको तयारीमा जुटेका छौँ। धेरै ठाउँमा सडक बगाएको छ। गाउँपालिकाको बजेटले मात्र सबै ठाउँमा मर्मत गर्न असम्भव देखिएको छ। त्यसका लागि माथिल्लो निकायमा ध्यानकर्षण गरेका छौँ।’

बाढीको कारण समस्या परेका स्थानीयलाई तत्काल केही आवश्यक सहयोग गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिइन्। पाइप वितरण गरेर खानेपानी तथा सिँचाइ कुलो सञ्चालनका लागि गाउँपालिकाले पहल गरिरहेको उनको भनाइ छ।

‘बाढीको कारण निकै ठूलो क्षति भएको छ। सञ्चालन गर्न काम शुरु गरेका छौँ। धेरै ठूलो क्षति भएकाले गाउँपालिकाको बजेटले धान्ने अवस्था छैन ’, उपाध्यक्ष राईले भनिन्, ‘सडक क्षतिको विवरण सङ्कलन गरेर प्रदेश र केन्द्र सरकारसँग आवश्यक बजेटका लागि माग गरेका छौँ। अन्य निकायसँग पनि गाउँपालिकाले आवश्यक सहयोग जुटाउन पहल गरिरहेको छ।’