७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पढेलेखेका र सहरिया नै कम गराउँछन् स्तनपान

अ+ अ-

काठमाडौँ । आमाको सुन्दरता बिग्रने गलत धारणाका कारण सहरीया, पढेलेखेका र धनी महिलाले स्तनपान कम गराउने गरेका छन् । एक तथ्याङ्कले ग्रामीण क्षेत्र र अशिक्षित महिलाले भने धेरै स्तनपान गराउने देखाएको छ । स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाको तथ्याङ्कअनुसार बच्चा जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गराउनेमा अशिक्षित महिला बढी छन् । माध्यमिक शिक्षा अध्ययन गरेका ५३ प्रतिशत, अशिक्षितले ५९ प्रतिशत र आधारभूत शिक्षा लिएका ६१ प्रतिशतले स्तनपान गराउने गरेका छन् । आर्थिक हिसाबले उच्च आय भएकाले ४४ प्रतिशत र न्यून आय भएकाले ६४ प्रतिशतले स्तनपान गराउने गरेका छन् भने मध्यम वर्गका ६१ प्रतिशतले स्तनपान गराउने गरेका छन् । यसैगरी प्रदेशअनुसार सुदूरपश्चिममा छ महिनासम्म पूर्ण स्तनपान गराउने ७४ प्रतिशत छन् भने लुम्बिनीमा ३६ र बागमतीमा ४३ प्रतिशत मात्रै छन् । सो अनुसार  सहरी क्षेत्रका पूर्ण स्तनपान गराउने आमाहरूको सङ्ख्या कम छ ।

महाशाखाको तथ्याङ्कमा नेपालमा २२ प्रतिशतले दूध दानीबाट दूध खुवाउने गरेकामा बागमती प्रदेशमा ४३ प्रतिशतले दूध दानी प्रयोग गर्छन् भने कर्णालीमा ११ प्रतिशतले मात्रै । यसरी दूध दानीबाट दूध खुवाउनेमा उच्च शिक्षित ४९ प्रतिशत छन् भने अशिक्षित १२ प्रतिशत मात्रै छन् । यसमा न्यूनआय भएका ११ प्रतिशत र उच्च आर्थिक अवस्था भएका ४६ प्रतिशत छन् ।

भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा. ओम पाठक सहरीया, धनी र उच्च आर्थिक अवस्था भएकाहरूमा  स्तनपान गराउनेको सङ्ख्या कम भएको बताउछन् । बाल स्वास्थ्यका लागि आमाको दूध अमृतसरह हुने भन्दै उनी अन्य विकल्पको खोजी गर्नुभन्दा आमाको दूध नै खुवाउनुपर्नेमा जोड दिन्छन्  ।

सहरमा आमाले सामाजिक सञ्जालको पहुँचका कारण स्तनपानबाट हुने फाइदाभन्दा नकारात्मक विषयलाई भ्रमको रूपमा लिएर कतिपय आमाले स्तनपान नगराउने गरेको डा पाठकको भनाइ छ ।  पूर्णरूपमा आमाको दूध खाने बच्चाको दिमाख तीक्ष्ण हुने र आमा तथा बच्चाको ममता स्तनपानबाटै बढ्नेमा उनी जोड दिन्छन् ।

बच्चाले स्तनपान गरेमा मात्रै आमामा दूध आउने गर्दछ । स्तनपान नियमित गराएर आमाको दूध बढाउनुपर्ने हुन्छ । आमामा नकारात्मक चिन्तनको विकास भएमा दूधमा कमी आउने डा. पाठक बताउछन् । उनी भन्छन् “आमा तनावमुक्त हुनुपर्छ ।” सहरका आमाले शिशुलाई छोडेर काममा जानुपर्ने भएकाले पनि स्तनपानमा कमी आउँछ यद्यपि आमाले  निचोरेर पनि  दूध खुवाउन सकिने उनको सुझाव छ । कोठाको तापक्रममासमेत आमाको दूध छ घण्टा राख्न सकिने भन्दै उनी फ्रिजमा तापक्रम मिलाएर २४ घण्टासम्म राख्न सकिने सुझाव दिन्छन् ।

बजारमा आमाको दूधको सट्टामा विभिन्न खालका खाना आउने भए पनि आमाको दूधमा पाइने पोषण अहिलेसम्म कही नबनेको डा. पाठकको भनाइ छ । आमाको पूर्णस्तनपान गरेका बालबालिकामा रोगसँग लड्ने क्षमता बढी हुन्छ ।

चितवन मेडिकल कलेजका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. वसन्त शर्मा बच्चालाई नियमित स्तनपान गराउँदा आमाको स्तन बिग्रिने वा खराबी नआउने बताउछन् ।  स्तनपान गराउँदैमा स्तन बिग्रिन्छ भन्ने कतै नलेखिएको उल्लेख गर्दै उनीजोड दिन्छन्, “स्तनपान नगराउने आमाहरूलाई, क्यान्सर, उच्च रक्तचाप, मधुमेह र मुटुसम्बन्धी रोगको जोखिम हुन्छ ।”

स्तनपानले आमा र बच्चाबीच सामिप्यता बढ्ने उल्लेख गर्दै  डा. शर्मा भन्छन्, “एक दिनभरिमा स्तनपान गराउँदा आमाको पाँच सय क्यालोरी खर्च हुन्छ । सुत्केरी अवस्थामा मोटाउने समस्या यसले नियन्त्रण गर्छ ।” नियमित स्तनपान गराउँदा नसर्ने रोग मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोगको जोखिम कम भएर जाने उनी बताउछन् । अनुसन्धानले स्तनपान नगराउनेको तुलनामा नियमित गराउनेमा नसर्ने रोगको जोखिम कम देखिएको उनको भनाइ छ ।

स्तनपानले आमालाई क्यान्सर रोगको जोखिम घटाउन सहयोग पुर्‍याउँछ । डा. शर्मा थप्छन् “मुख्यगरी स्तन क्यान्सर र डिम्बासयको क्यान्सरको जोखिम कम हुन्छ ।” स्तनपानले पारिवारिक खर्चपनि कम हुन्छ भन्दै उनी आमाको दूध नखुवाई बाहिरबाट दूध, ल्याक्टोजिनजस्ता वस्तु खरिदले झन् आर्थिक भार बढ्ने उल्लेख गर्छन्।

सम्बद्ध चिकित्सकका अनुसार सामान्यतया दिउँसो दुई दुई घण्टामा स्तनपान गराउनु राम्रो र  रातिको समयमा पनि दुई पटक स्तनपान गराउदा राम्रो उल्लेख गर्दै उनीहरूले पहिलो छ महिनासम्म अनिवार्यरुपमा त्यसपछिको दुई वर्षसम्म स्तनपान गराउदा राम्रो हुने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस