२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेरो, तेरो दल भनेर होइन, सबै भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ : मेटमणि चौधरी

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सचिव एवम् प्रतिनिधि सभाका सदस्य मेटमणि चौधरीले जनताले सुन काण्डसहित सबै तस्करी र भ्रष्टाचारमा संलग्नहरूको अनुहार देख्न पाउनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा बोल्दै उनले सरकारले यो वा त्यो राजनीतिक दल भनेर दोषी करार गर्ने र संरक्षण गर्न नहुने बताए ।

‘मेरो दल वा तेरो दल भनेर होइन, सबै भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ,’ उनले भने, ‘कसैलाई तर्साउनका लागि वा कसैलाई सहयोग गर्नका लागि भन्दा पनि जो–जो अपराधी हुन्, उनीहरूको अनुहार जस्ताको त्यस्तै देख्न पाउने वातावरण निर्माण गर्नका लागि सरकारलाई हाम्रो आग्रह छ ।’

उनले विगतमा दलको नेता भन्ने बित्तिकै जे गरे पनि हुने अवस्था रहेको भन्दै अब त्यस्तो दिनको अन्त्य भएको बताए । ‘अहिले सरकारप्रति नागरिकको विश्वास बढेको छ, नागरिकमा आशा पलाउन थालेको छ, त्यो जो सुकै होस्, यदि भ्रष्टाचारमा संलग्न छ भने उसलाई कारबाहीको दायरामा ल्याउनुपर्छ,’ उनले भने ।

उनले संसद् अवरुद्ध हुँदा जनताका सवालहरू पनि बन्धक भएको भन्दै राजनीतिक दलहरू सच्चिएर अघि बढ्न तयार हुनुपर्ने बताए ।