२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अब शेरबहादुर दाइ र ओली बालाई प्रधानमन्त्री बनाउँछौँ, ‘प्रचण्ड’ र गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले अब शेरबहादुर देउवा र केपी शर्मा ओलीलाईलाई प्रधानमन्त्री बनाउनु पर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका बताए ।

अदालतको आदेशपछि हिरासतमुक्त भएका सांसद शर्मा आइतबार बिहान एमाले अध्यक्ष ओलीलाई भेटेपछि उनले यस्तो बताएका हुन् ।

ओलीसँग भेटेपछि बाहिरिने क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतङ्ककारीको संज्ञा दिँदै पदबाट राजीनामा दिनुपर्ने बताए ।

उनले सदनमा गोप्य मतदान गरे ‘प्रचण्ड’को पक्षमा २० मत पनि नआउने दाबी गरे । माओवादीकै सांसदहरू पनि प्रचण्ड र गृहमन्त्रीको गतिविधिप्रति असन्तुष्ट रहेको शर्माको जिकिर छ । आफूले जनताको पक्षमा बोलेकाले ज्यानको सुरक्षामा खतरा रहेको उनले बताए । शर्माले अब काँग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताए ।

उनले भने, ‘सरकार चेन्ज गर्ने कुरा आजको भोलि हुँदैन । काँग्रेसको नेतृत्वमा पहिलो चरणमा र दोस्रो चरणमा एमाले नेतृत्वको सरकार बनाउनुपर्छ । शेरबहादुर दाइ, केपीबा हुँदै शेखर कोइराला, गगन थापा सबैलाई प्रधानमन्त्री बन्दै जान्छन् ।’

उनले आगामी दिनमा आफू काँग्रेसको नेतृत्व गर्ने व्यक्ति भएकाले एमाले प्रवेश गर्ने कुरामा सत्यता नभएको बताए ।