१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरीले भन्सारमा बुझायो २४ करोडको समान

अ+ अ-

वीरगञ्ज । सशस्त्र प्रहरीले आर्थिक वर्ष २०७९/८० मा पर्साको विभिन्न स्थानबाट रु २४ करोडभन्दा बढी मूल्य बराबरको सामान पक्राउ गरी भन्सारमा बुझाएको छ ।

सशस्त्र प्रहरीको टोलीले आर्थिक वर्ष २०७९-८० को साउनदेखि असार मसान्तसम्म वीरगञ्जसहित पर्साको विभिन्न नाकाबाट रु. २४ करोड २८ लाख ८० हजार नौ सय ३१ मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिई कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टर पर्साका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहका अनुसार सो आवमा सशस्त्र प्रहरीले लत्ताकपडा, हार्डवेयर, किराना सामान, कुखुरा तथा मासुजन्य पदार्थ, सुनचाँदीलगायतका अवैध सामान पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको हो । 

उक्त आवमा रु. १८ लाख ४८ हजार नौ सय ६० मूल्य बराबरको कुखुरा, कुखुराको मासु, माछा, रु ५९ लाख ७४ हजार चार सय ७० बराबरको पशुचौपाया, रु. तीन लाख २० हजार एक सय ४० को मदिरा, रु. चार लाख १८ हजार नौ सय ८० को सुर्ती, रु चार लाख १९ हजार ६७ को पटका, रु ३७ लाख २१ हजार पाँच सय ९६ को हुन्डीको कारोबार गर्ने नगद रुपैयाँ, रु. एक लाख ७५ हजार ७२ को सुन तथा चाँदी, रु. १२ करोड ६५ लाख १० हजार तीन सय ११ बराबरको लत्ताकपडा, किराना, हार्डवेयर र इलेक्ट्रोनिक्सलगायत सामान पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए। 

यसैगरी छ वटा अटो, एउटा स्कारपियो, एउटा सुजुकी कार, एउटा पिकअप, चार वटा कार, एउटा टाटासुमो र ५९ वटा मोटरसाइकल गरी रु नौ करोड ८४ लाख ५३ हजार चार सय बराबरको सवारीसाधन समेत पक्राउ गरी भन्सारमा बुझाइएको उनको भनाइ छ । 

यसबाहेक रु.५० लाख ३८ हजार सात सय ३५ बराबरको एक हजार तीन सय ५९ दशमलव सात क्युफिट अवैध काठसमेत नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । यसैगरी बिलबिजकभन्दा फरक एवं बढी माल सामान भएको तथा प्रज्ञापनपत्रबिना सामान ढुवानी गरी राजस्व छलीमा संलग्न रहेको ३६ ट्रक, दुई पिकअप, दुई बोलेरो र चार वटा ट्र्याक्टरलगायतका सवारीसाधन पनि पक्राउ गरी भन्सारमा बुझाइएको छ । 

यसैगरी सशस्त्र प्रहरी बल नेपाल तथा तीअन्तर्गतका युनिटबाट आव २०७९/८० मा आठ सय ४५ दशमलव ८५ किलो गाँजा, ७६ बोटल विन्करेक्स, ३० दशमलव आठ सय १० किलोग्राम चरेसलगायतका लागुऔषधसहित २० मोटरसाइकल, दुई ट्रक र एक बस तथा ४० जनालाई नियन्त्रणमा लिइ कारबाहीका लागि नेपाल प्रहरीमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए । 

प्रतिक्रिया दिनुहोस