२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करोडमाथिको कारोबारमा मासिक र सोभन्दा कममा चौमासिक भ्याट विवरण बुझाउनुपर्ने

अ+ अ-

काठमाडौँ । करदाताले मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्नेसम्बन्धी साबिकको व्यवस्थामा परिवर्तन भएको छ । नयाँ व्यवस्थाअनुसार वार्षिक रु. एक करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीले मासिक र वार्षिक रु. एक करोडभन्दा कम कारोबार गर्ने कम्पनीले चौमासिकरूपमा भ्याट विवरण दाखिला गर्नुपर्ने आन्तरिक राजस्व विभागले जनाएको छ ।

“मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २६ मा संशोधन भई साविकमा रहेको इँटा उद्योग, होटेल, पर्यटन तथा चलचित्र उद्योगले चाहेमा विवरण पेस गर्ने अवधि चौमासिक कायम गर्न सक्नेछन् भन्ने व्यवस्था खारेज भएको छ”, विभागले शुक्रबार सूचना जारी गर्दै भनेको छ, “संशोधित व्यवस्थाअनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएका वार्षिक रु एक करोडभन्दा बढीको कारोबार भएका इँटा उद्योग, होटेल, पर्यटन तथा चलचित्र घरले २०८० साउनदेखि मासिकरूपमा भ्याटको विवरण दाखिला गर्नुपर्नेछ ।” त्यस्तै हाल द्वैमासिकरूपमा भ्याट विवरण दाखिला गर्ने सुविधा नरहेकाले वार्षिक रु एक करोडभन्दा बढीको कारोबार भएका करदाताले मासिकरूपमा नै विवरण पेस गर्न भनिएको छ ।

वार्षिकरूपमा रु एक करोडसम्मको कारोबार गर्ने कम्पनीले भने चौमासिकरूपमै आफ्नो कर विवरण बुझाउन पाउनेछन् । “साना करदातालाई सुविधा दिन मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २६ बमोजिम गत आर्थिक वर्ष २०७९–८० को भ्याट विवरण दाखिला गरी वार्षिक रु एक करोडसम्मको कारोबार भएका करदाताको कर अवधि २०८० साउनदेखि मासिकबाट चौमासिक कायम गरिएको छ”, आन्तरिक राजस्व विभागले भनेको छ ।

यसअघि मासिकरूपमा विवरण दाखिला गर्दै आएका यस्ता करदाताले २०८० साउनदेखि पहिलो चौमासिकको विवरण मङ्सिर २५ गतेसम्म, दोस्रो चौमासिकको चैत २५ गतेसम्म र तेस्रो चैमासिकको साउन २५ गतेसम्म बुझाइसक्नुपर्नेछ । यद्यपि रु एक करोडभन्दा कमको वार्षिक कारोबार भएका करदाताले पनि मासिकरूपमा कर विवरण दाखिला गर्न भने पाउनेछन् । यस्ता करदाताले मासिकरूपमा भ्याट विवरण दाखिला गर्न चाहेमा त्यसको जानकारी आन्तरिक राजस्व कार्यालय वा सम्बन्धित करदाता सेवा कार्यालयलाई १५ दिनभित्र गराइसक्न भनिएको छ ।