६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीज पर्वमा भड्किलो नगर्न प्रशासनको आग्रह

अ+ अ-

काठमाडौँ । विशेष कार्यक्रमको नाममा तडकभडक र खर्चिलो तरिकाले तीजको कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सूचना निकाल्दै खर्चिलो तथा भड्किलो तरिकाले तीज विशेष कार्यक्रम नगर्न जिल्लावासीहरूमा अनुरोध गरेका हुन्।

यस्ता कार्यक्रमले विभिन्न विकृति विसङ्गति र सामाजिक अपराधलाई प्रोत्साहन दिएको भन्दै सार्वजनिक स्थल, पार्टी प्यालेसमा रकम सङ्कलन गर्ने उद्देश्यले मेला–महोत्सव नगर्न पनि निर्देशन दिइएको छ।

सामाजिक अनुशासन कायम गर्न राजनीति दल, नागरिक समाज, पेशागत सङ्घ नागरिक समाज संचारकर्मी, महिला सञ्जाल लगायतका संस्थाहरुलाई सहयोग गर्न अनुरोध समेत गरिएको छ।

पछिल्ला वर्ष तीज पर्व मनाउने नाममा विभिन्न तडकभडकसहितका अत्यन्त खर्चिला तथा भड्किला कार्यक्रम गर्ने परिपाटी मौलाउँदै गएको छ। त्यसले विभिन्न विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुगेको भन्दै प्रशासनले जिल्लावासीलाई सचेत बनाएको हो।

प्रशासन कार्यालयले सूचना विपरीत गरे–गराएमा सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली २०३३ तथा प्रचलित कानुन बमोजिम कारबाही गर्ने/गरिने समेत जनाएको छ।

प्रतिक्रिया दिनुहोस