७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारीको पैसा फिर्ताको अधिकार सिडिओलाई दिन सुझाव

अ+ अ-

काठमाडौँ । समस्याग्रस्त सहकारी सङ्घसंस्थाको निक्षेप फिर्ता गराउने अधिकार प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई दिन सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले सुझाएको छ ।

समस्यामा रहेका झन्डै पाँचभन्दा बढी सहकारी सङ्घसंस्थाका बचतकर्ताको अर्बौँ रकम फिर्ता हुन नसकेका बेला कार्यदलले उक्त सुझाव दिएको हो । तत्काल पैसा फिर्ताको व्यवस्था गर्न एक वर्षका लागि मात्र सिडिओलाई उक्त अधिकार दिन कार्यदलले सुझाएको हो ।

कार्यदलले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको अन्तिम प्रतिवेदनमा सञ्चालकहरूबाट ०८० चैतभित्रै निक्षेप फिर्ताको प्रतिबद्धता लिने, छुट्टै नियामक निकाय स्थापनालगायत सहकारी क्षेत्र सुधारका लागि तत्काल, अल्पकाल र दीर्घकालमा गर्नुपर्ने विभिन्न सुझावहरू समेटिएको छ ।

‘जिल्लागत रूपमा समस्या पहिचान, विश्लेषण, बचतकर्ताको बचत फिर्ता गरी सहकारी क्षेत्रमा सुशासन कायम गर्न एक वर्षसम्मका लागि प्रमुख जिल्ला अधिकारीहरूलाई सहकारीका समस्याबारे जाँचबुझ गरी बचत फिर्ता गराउन स्थानीय जनप्रतिनिधिसमेतको सहभागितामा पहल गर्ने,’ प्रतिवेदनमा भनिएको छ, ‘जिल्ला तहबाट समस्या समाधान हुन नसक्ने तथा समस्याग्रस्त संस्थाका रूपमा घोषणा गर्नुपर्ने अवस्थामा संघीय सहकारी विभाग र सम्बन्धित नियामक निकायमा पठाउने प्रबन्ध गरी समस्याको द्रुत समाधानको प्रक्रिया अविलम्ब थालनी गर्ने ।’

यस्तै, समस्यामा रहेका संस्थाका बचतकर्ताको पैसा फिर्ता गर्नका लागि सहकारी संस्थाका सञ्चालकहरूलाई ०८० मंसिरभित्रै सबै निक्षेप फिर्ताको प्रतिबद्धता गराएर आगामी चैतभित्रै फिर्ता गराउनुपर्ने सुझाव पनि कार्यदलले दिएको छ ।

प्रतिक्रिया दिनुहोस