७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री हुँदा पार्टीभित्रैबाट सहयोग पाइनँ : उद्धव थापा

अ+ अ-

काठमाडौँ । कोशीका पूर्वमुख्यमन्त्री उद्धव थापाले कोशीमा आफू नेतृत्वमा सरकार बन्दा पार्टीभित्रैबाट असहयोग भएको गुनासो गरेका छन् ।

बिहीबार सुरु भएको काँग्रेस केन्द्रीय समिति बैठकमा धारणा राख्दै कोशी प्रदेश सभापति थापाले कोशी प्रदेशसभाको अङ्कगणितका कारण मात्र सरकार बन्न कठिन भएकाले राजनीतिक निर्णय आवश्यक परेको स्पष्टीकरण दिए ।

कोशीमा काँग्रेस नेतृत्वको सरकार बन्दा पार्टीका नेता र शुभेच्छुकहरूले साथ दिनुपर्नेमा नदिएको उनले गुनासो गरेका हुन् । ‘पार्टी र पार्टीका नेताबाट सहयोग हुन्छ भन्ने लागेको थियो । जसले सहयोग गर्नुभएको छ, हामी धन्यवाद दिन चाहन्छौँ’, उनले भने ।

कोशीमा उद्धव थापाको नेतृत्वमा बनेको सत्ता गठबन्धनको सरकार दुवै पटक सर्वोच्च अदालतको आदेशमा बदर भएको थियो । पछिल्लो पटक ४ भदौमा थापाले लिएको विश्वासको मतलाई अवैधानिक भन्दै सर्वोच्च अदालतले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्तिको परमादेश दिएको थियो ।

बिहीबार काँग्रेस बैठकमा थापाले कोशीमा आफू नेतृत्वमा सरकार बनेको विषयमा टिप्पणी गर्दा संविधानको व्यवस्था हेर्न नेताहरूलाई आग्रह गरे । ‘तपाईँहरूको कोशी प्रदेशको विषयमा, संवैधानिक वा असंवैधानिक विषयमा धारणा राख्दा संविधानको पुस्तक पढेर आउनुहोला, संविधानको धारा १८६, १८७ र १८८ हेर्नुहोला, त्यसमा पनि १८७ अध्ययन गरिदिनुस्’ उनले भने ।

संविधानको ती धारामा प्रदेशसभामा मतदान, प्रदेशसभाको विशेषाधिकार र विश्वासको मतसम्बन्धी प्रस्तावका व्यवस्था छन् ।

सरकार कसरी गठन गर्ने भन्ने विषय संविधानले व्यवस्था गरे पनि कोशी प्रदेशको प्रसङ्ग अलग भएको उनले बताए ।

सर्वोच्च अदालतले आफू नेतृत्वको सरकार बदर गरिदिएको र त्यसलाई आफूले स्वीकार गरिसकेको भन्दै बैठकमा यो विषयमा धेरै छलफल आवश्यक नभएको थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस