८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल र चीन भिन्न आकारका समान मित्र : चिनियाँ प्रधानमन्त्री ली

अ+ अ-

बेइजिङ । चिनियाँ प्रधानमन्त्री ली छ्याङले नेपाल र चीन फरक आकारका तर समान हैसियतका दुई छिमेकी मुलुक भएको बताएका छन् ।

सोमबार बिहान चीनको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री दाहालसँग भएको दुईपक्षीय भेटघाटमा चिनियाँ प्रधानमन्त्री छ्याङले यस्तो बताएका हुन् ।

‘नेपाल र चीन बीचको सम्बन्धको साक्षी हिमालय र खासगरी सगरमाथा छ, इतिहासदेखि हाम्रो सम्बन्ध राम्रो रही आएको छ,’ प्रधानमन्त्री छ्याङले भने ।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको उनले बताए ।

दुई देशका नेताबीच उच्चस्तरमा भएको सहमति कार्यान्वयन गर्न चीन तयार रहेको उनले बताए। नेपालको आर्थिक विकासमा चीनले साझेदारी गर्ने उनको भनाइ छ।

भेटका क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले चीनले विकासको पहिलो शताब्दी लक्ष्य सम्पन्न गरेकोमा बधाई दिँदै आगामी शताब्दी लक्ष्यको सफलताको कामना गरे ।चीनले विकास र प्रविधिको क्षेत्रमा हासिल गरेको उपलब्धिको उनले प्रशंसा गरे ।

नेपाल राजनीतिक उपलब्धि हाँसिल गरी अब सामाजिक तथा आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस