७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीले तीर्थाटन होइन पूर्वाधार छिटो निर्माण गर्न प्राथमिकता दिनुपर्थ्यो : डा.भट्टराई

अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमण र भएको उपलब्धिप्रति असन्तुष्टि जनाएका छन् ।

बिहीबार उनले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीको चीन भ्रमण र भएको उपलब्धिप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्, ‘देश आन्तरिक रूपमा तीव्र संरचनात्मक आर्थिक सङ्कट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा रहेको बेला दूरदर्शी नेतृत्वले सङ्कटलाई अवसरमा बदल्ने प्रयत्न गर्ने हो, न कि सतही अतिथि सत्कार र आफ्नै आसेपासेहरूको प्रशंसामा रमाएर बस्ने ।’

डा. भट्टराईले लेखेका छन्:

प्रम 

@PM_nepal_

 को चीन भ्रमण आफैले अपेक्षा गरेभन्दा राम्रो भएको दाबी गरिए पनि देशको आवश्यकता र सम्भावनाको कसीमा कति परिणाममुखी रह्यो भन्ने कुरा प्रमुख हो।

नेपाल यतिवेळा आन्तरिक रूपमा तीव्र संरचनात्मक आर्थिक सङ्कट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा छ। यस्तो वेला दूरदर्शी नेतृत्वले सङ्कटलाई अवसरमा बदल्ने प्रयत्न गर्ने हो, न कि सतही अतिथिसत्कार र आफ्नै आसेपासेहरूको  प्रशंसामा रमाएर बस्ने!

नेपाल राज्यले इतिहासदेखि नै उत्तर र दक्षिणका दुई ठूला छिमेकीसँग छुट्टाछुट्टै रूपमा आफ्नो राष्ट्रिय हित अनुकूल सम्बन्ध राखेर लाभ लिँदै आइरहेको छ। अहिले २१ औं शताब्दीमा चीन विश्वकै पहिलो अर्थतन्त्र र महाशक्ति बन्ने दिशातिर गइरहेको वेला हामीले ऊसँगको निकट सम्बन्ध मार्फत मुख्य रूपमा तीव्र आर्थिक रूपान्तरणको महत्त्वपूर्ण सम्भावना/अवसरको सदुपयोग गर्नुपर्ने हो। त्यसनिम्ति उसले अघि सारेको बिआर्आइ र जिडिआइलाई कसरी हाम्रो दीर्घकालीन राष्ट्रिय हितमा प्रयोग गर्ने भन्नेमा प्रमको भ्रमण केन्द्रित हुनुपर्थ्यो! कमसेकम परम्परागत हिमाली पर्खाललाई छेडेर दुई देशको अर्थतन्त्रलाई जोड्ने आधुनिक यातायात/पारवहन पूर्वाधार छिटो निर्माण गर्न प्राथमिकता दिनुपर्थ्यो!तीर्थाटन त हुँदै गर्थ्यो!

सबैले लेखेर राखौँ,सयौँ वर्षदेखि अविकास/अल्प विकासको दुष्चक्रमा फस्दै आएको नेपालको तीव्र गतिको आर्थिक रूपान्तरण (“दुई अङ्कको आर्थिक वृद्धिदर,दुई दशक निरन्तर”)को लक्ष्य दुई ठूला छिमेकी अर्थतन्त्रको मूल्यशृंखलासंग तालमेल मिलाएर अघि नबढी सम्भवै छैन! इतिहासले मलाई गलत साबित गरेमा खुशी हुनेछु!

प्रतिक्रिया दिनुहोस