२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धुलिखेल अस्पतालमा छिट्टै ट्रमा सेन्टर सुरु हुन्छ : स्वास्थ्य मन्त्री बस्नेत

अ+ अ-

धुलिखेल । स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री मोहनबहादुर बस्नेतले धुलिखेल अस्पतालमा अब छिट्टै ट्रमा सेन्टर सुरु हुने बताएका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित उक्त अस्पताल र नेपाली र जर्मनीमा रहेका स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुबीच स्थापित संस्था (जिनेसोग)ले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आज शुभारम्भ गर्दै उनले अरनिको र बिपी राजमार्गको छेउमा रहेको यस अस्पतालका लागि विदेशी दातृ संस्थाबाट प्राप्त रकम नेपाल सकारले स्वीकार गरिसकेकोले आवश्यक व्यवस्थाका लागि सहजीकरण गरी अब छिट्टै सेवा सुरु गरिने बताएका हुन् ।

समुदाय स्तरमा सञ्चालन भएको उक्त अस्पताल गुणस्तरीय हुनाका साथै गरिब, असाहाय र विपन्न नागरिकलाई सहज, सुलभ र राम्रो सेवा पुर्‍याएकामा मन्त्री बस्नेतले यसको प्रशंसा गरे। राज्यको सानो सहयोगमा पनि आफ्नो बुद्धि र विवेकले सामुदायिक अस्पताल सञ्चालन गर्न सफल भएको उल्लेख गर्दै उनले सामुदायिक अस्पताल सञ्चालन गर्न चाहनेले एक पटक धुलिखेल अस्पतालमा गएर हेर्नुपर्ने सरकारले पनि यहाँ भएको राम्रो कुरा अन्य अस्पतालमा पनि लागू गर्नुपर्ने आवश्यकता औँल्याए ।

सो अवसरमा उनले धुलिखेल अस्पतालले यसअघि पनि महिलामा पिसाब चुहिने समस्याको राम्रो उपचार गर्न सफल भएको र अहिले पनि स्त्री तथा प्रसूति रोग विशेषज्ञबीच गरिएको सम्मेलनबाट थप तथा गुणस्तरीय सेवा प्रदान हुनेमा आफू विश्वस्त रहेको बताए ।

धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. राकमण्ठ माकजू श्रेष्ठले सर्वसुलभरुपमा आम नागरिकको सेवाको लागि गुणस्तरीय सेवा प्रदान गर्नाका साथै समुदायमा आधारित सेवाबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए । उक्त अस्पतालका गाइनोलोजिष्ट प्रो डा. सुमनराज ताम्राकारले यस सम्मेलनले स्त्री तथा प्रसूति रोगको सेवामा हुने उपचारमा नयाँ फड्को मार्नाका साथै नेपाली महिलालाई स्वस्थ बनाउने अभियानमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

सम्मेलनमा निःसन्तान, रजोवृत्ति, पाठेघरमा जन्मजात विकृति, गर्भवती बेलामा स्वास्थ्य समस्या, प्रसवपछिको अधिक रक्तस्राव, स्त्री रोगसम्बन्धी ल्याप्रोेस्कोपी शल्यक्रिया, इन्डोमेट्रिओसिस, पाठेघरमा मासु पलाउने, असामान्य महिनावारीबारे छलफल भएको थियो। नेपालभित्रका विभिन्न अस्पतालमा स्त्री रोगसम्बन्धी विभागमा काम गर्ने चिकित्सकलगायत करिब एकसय जनाको सहभागिता रहेको सो सम्मेलनमा नेपाल र जर्मनका गरी करिब एकदर्जन विशेषज्ञले आ-आफ्ना प्रस्तुति दिएको बताइएको थियो । सम्मेलनपछि सहभागीले आ-आफ्नो कार्य क्षेत्रमा गई महिला स्वास्थ्यसेवाको गुणस्तर वृद्धिमा सघाउ पुग्ने अपेक्षा राखिएको संस्थाले जनाएको छ । यसअघि सन् २०१७ मा सो सम्मेलन भएको थियो ।