२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको थालनी गरेको छ : स्वास्थ्यमन्त्री बस्नेत

अ+ अ-

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रमा व्यापक सुधारको थालनी गरेको बताएका छन् ।

मध्यपुरथिमि नगरपालिका बोडेमा २००५ सालमा स्थापना भएको बोडे माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव एवं हिरक जयन्तीमा आज आयोजित समारोह उद्घाटनमा मन्त्री बस्नेतले स्वास्थ्य र शिक्षा क्षेत्रमा सरकारले सुधारका काम सुरु गरिसकेको बताएका हुन् ।

उनले भने, “स्वास्थ्य र शिक्षाको क्षेत्रमा धेरै सुधार गर्नुपर्ने विषय छन्, त्यस्ता विषयलाई सरकारले सुधार गर्न थालनी गरिसकेको छ, स्वास्थ्य क्षेत्रको सुधारको थालनी भइसकेको छ, अब कसैले पनि उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था आउने छैन ।”

उनले सबै नेपाली जनतामा स्वास्थ्यको पहुँच पुग्ने र उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अब नआउने बताउँदै गरिब, असाहय, अपाङ्गलगायतका नागरिकको निःशुल्क उपचारको व्यवस्था हुने बताए ।

मन्त्री बस्नेतले भक्तपुरका सरकारी अस्पतालदेखि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री अस्पतालसम्मलाई उच्च प्रविधियुक्त बनाउने र सहजरूपमा गुणस्तरीय सेवा प्रवाह गर्ने गरी सेवा विस्तारलगायतका कार्यमा सरकार प्रतिबद्ध रहेको बताए । उनले आफ्नोतर्फबाट यहाँको अस्पतालका लागि गर्नुपर्ने र हुने आवश्यक काम गर्ने बताउँदै त्यसका लागि योजना अगाडि बढाउन पनि आग्रह गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले शिक्षा र स्वास्थ्य क्षेत्रको बेथिति अन्त्य गर्दै सहजता प्रदान गर्न सरकार लाग्नुपर्नेमा जोड दिए ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले नगरवासीका लागि निःशुल्क रगत उपलब्ध गराएको, निःशुल्क स्वास्थ्य बीमालाई व्यवस्थापन गर्दै आएको, आगामी चार वर्षमा थिमिका सबै नागरिकमा निःशुल्क स्वास्थ्य बीमाको पहुँच पुर्‍याउने बताउँदै नेपाल कोरिया नर अस्पताल देशकै उत्कृष्ट अस्पताल बनाउन लागिरहेको बताए ।

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरपालिकाले नगरवासीलाई सामान्य उपचारका लागि अन्यत्र जानु नपर्ने गरी आफ्नै अस्पतालबाट सेवा उपलब्ध गराएको बताउँदै अस्पताललाई उच्च प्रविधिमैत्री बनाउन सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति गणेशमान चक्रधरले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए । कार्यक्रममा स्थापनाकालमा यस विद्यालयमा अध्ययन गरेको र हाल आदर्श मावि लायकु थिमिका प्रधानाध्यापक बुद्धिकुमार घो र हरिहरमान थापा श्रेष्ठलाई दोसल्ला ओढाएर ताम्रपत्रसहित सम्मान गरिएको थियो ।