१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार विरोधी अभियानमा जनताको समर्थन भएर सरकार टिक्यो : देव गुरुङ

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले माओवादी केन्द्रको नेतृत्वले सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानमा जनताको समर्थन भएका कारण मात्रै सरकारको टिकेको बताएका छन् ।

जन प्रगतिशील मञ्चद्वारा बेलायतको अल्डरसर्टमा आयोजित वार्षिक भेटघाट तथा विभिन्न चाडपर्वको उपलक्ष्यमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले अहिलेको सरकार टिक्नुमा भ्रष्टाचार विरोधी अभियान नै मुख्य कारण भएको बताएका हुन् ।

‘भ्रष्टाचार विरोधी अभियान सुरु गरेकाले धेरैलाई पचेको छैन । जनताको व्यापक समर्थनले मात्रै ‘प्रचण्ड’ सरकार टिकेको छ । यो सरकार कुनै पनि हालतमा टिकाउनु छ’, उनले भने, ‘भ्रष्टाचार विरोधी अभियानमा जनतालाई ठिक ढङ्गले सम्प्रेषण गर्न सकियो भने जनताले साथ दिन्छन् ।’

उनले जनताको साथ र समर्थनले तेस्रो दल, सानो दल भएको भएता पनि ठूला दलहरूलाई कुनै न कुनै रूपमा मिलाउँदै र राष्ट्रिय सहमति भन्दै माओवादीले अहिले मुलुकको नेतृत्व गरिरहेको बताए । भ्रष्टाचार विरोधी अभियान सरकारले सुरु गर्दा जन समर्थनले मात्रै टिकेको छ ।’

अहिले ‘प्रचण्ड’ नेतृत्वको सरकारले निर्ममतापूर्वक भ्रष्टाचार विरोधी अभियान चालेको भन्दै उनले विदेशी शक्तिकेन्द्रले सरकार र यसले गरेका जनपक्षीय कामलाई पचाउन नसकेको आरोप समेत लगाए ।

‘अहिले माओवादीप्रति जन विश्वास बढेर गएको छ । नेपालदेखि विदेशसम्म पार्टी प्रवेशको लहर चलिरहेको छ । यो जनलहरको एकताले देशको रक्षा गर्नेछ’, उनले भने, ‘यसले नेपालको पुँजीवादी गणतन्त्रलाई जनताको समाजवादी गणतन्त्र स्थापना गर्न मद्दत पुग्नेछ ।’

यतिबेला माओवादीले देशको नेतृत्व नगरेको हुन्थ्यो भने विदेशी सेनाले देशमा परेड खेल्ने ठाउँ बन्ने पनि जिकिर गरे । ‘तेस्रो दल भए पनि अहिले मुलुककै नेतृत्व गर्ने अभिभावकीय जिम्मेवारीमा माओवादी छ ।

यतिखेर माओवादीले यो भूमिका नखेलेको हुँदो हो त यतिखेर नेपालमा विदेशी सेनाले परेड खेल्ने ठाउँ बन्थ्यो’, उनले भने, ‘नेपाल विगतको अफगानिस्तान जस्तो द्वन्द्वग्रस्त क्षेत्र बन्थ्यो । माओवादीले पहल नगरेको भए नेपाल यतिबेला युक्रेन बनिसक्थ्यो । यो अवस्थाबाट बचाएर ल्याउने काम माओवादी केन्द्रको नेतृत्वले गरिरहेको छ ।’

उनले समाजवाद स्थापना गर्नका लागि पार्टीले तीन महिने जनतासँग विशेष रूपान्तरण अभियान थालेको बताए ।

प्रतिक्रिया दिनुहोस