८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन मन्त्रीद्वारा टिआइएको आन्तरिक टर्मिनल अनुगमन

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) को आन्तरिक टर्मिनलको अनुगमन गरेका छन् । निजी सचिवालयका अनुसार चाडपर्वमा भिडभाड हुने विमानस्थलमा यात्रुले बेहोर्नुपरेको समस्या बुझ्न मन्त्री किराती विमानस्थल पुगेका हुन् ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार हवाई टिकट महँगो भएको र विमानस्थलका पसलका व्यापारीले महँगो सामान बेचेको गुनासोका सन्दर्भमा मन्त्री किरातीले अनुगमन गरेका हुन् ।

त्यसैगरी मन्त्री किरातीले दसैँ, तिहार, छठलगायत चाडपर्वमा विगतका वर्ष झैँ यस वर्ष पनि हवाई भाडा महँगो भएको यात्रुको गुनासो आएपछि आज एयरलाइन्सका प्रतिनिधिसँग छलफल गरेका छन् । 

सम्बन्धित समाचार : हवाई टिकटको मूल्य घटाउने सहमति

मन्त्रालयमा भएको छलफलमा हवाई भाडा घटाउन व्यवसायी सहमत भएको मन्त्रालयले जनाएको छ । महँगो वर्गको टिकट सङ्ख्या बिक्रीको प्रतिशत कम गरी कम मूल्य वर्गको टिकट बिक्री बढाउँदै जाने र काठमाडौँ बाहिरबाट फर्कने आन्तरिक उडानमा हवाई भाडादर घटाउँदै जाने सहमति भएको जनाइएको छ ।     

विमानस्थलका पसलका व्यापारीले महँगोमा सामान बेचेको यात्रुको गुनासो गरेका थिए । मन्त्री किरातीले सामानमा एमआरपी मूल्य कायम गर्न आग्रह गरेका थिए । उनले आफू अर्को पटक आउँदा यस्तै गुनासो आए कारबाही गर्ने चेतावनी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस