७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छाँयानाथ रारा नगरपालिकाले प्लाष्टिकका फूलमाला प्रयोगमा रोक लगायो

अ+ अ-

मुगु । रारा तालको काखमा रहेको छाँयानाथ रारा नगरपालिका भित्र सार्वजनिक कार्यक्रममा खादा र प्लाष्टिकबाट बनाइएका फूलमालाका सामग्री प्रयोगमा रोक लगाइएको छ ।

छायाँनाथ रारा नगरपालिकाले पालिका भित्र हुने सार्वजनिक कार्यक्रमका दसैँ, तिहार छठ लगायतका पर्वमा बाहिर जिल्लाबाट आयात गरेर ल्याइने खादा, प्लाष्टिकका फूलमालाका सामग्री प्रयोगमा रोक लगाएको नगर प्रमुख विष्णु कुमार भामले बताएका छन्।

“स्थानीयरुपमा कृषकले उत्पादन गरेका फूलको प्रयोगमा जोड दिँदै बाहिरबाट आयात हुने खादा र प्लाष्टिकका मालामा रोक्न नगरपालिकाले रोक लगाउने यस्तो निर्णय गरेको हो’, नगरप्रमुख भामले भने, ‘अबदेखि पालिकाभित्र हरेक सार्वजनिक कार्यक्रममा खादाको सट्टामा स्थानी स्तरमा उत्पादन हुने फूल र फूलबाट बनेका वस्तुलाई प्रयोगमा ल्याइने छ ।’

अनावश्यक रूपमा खादा र प्लाष्टिकका माला प्रयोग बढ्दै जाँदा वातावरणमा नकारात्मक असर हुने यता स्थानीय स्तरमा उत्पादित फूलले बजार नपाएर खेर जाने गरेको उनको भनाइ छ । खादा र प्लाष्टिकजन्य माला सामग्री भित्र्याउँदा पालिकाबाट एकातर्फ रकम बाहिरिने र अर्कोतर्फ किसानको उत्पादन, श्रम र पसिना खेर जाने अवस्था पनि आउने गरेकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिने पालिकाको नीति तथा योजनाअनुसार यस्तो निर्णय गरिएको नगरपालिकाका उपमेयर ऐश्वय मल्लले बताएकी छन् ।

‘छाँयानाथ रारा नगरपालिका धार्मिक तथा सांस्कृतिक। प्राकृतिक रूपमा एक भरिपूर्ण नगरपालिका हो । पालिका भित्र रहेका बन जङ्गलमा समय मौसम अनुसार सप्तरङ्गी लालीगुराँस लगायतका अन्य विभिन्न प्रकारका फूल प्रशस्त रूपमा पाइन्छ’ ‘तिनै उत्पादित फूलको अब आउँदा दिनमा भरपुर उपयोग गर्ने गरी योजना बनाएर काम गर्नुपर्छ, त्यसका लागि गाउँपालिकाले चालेको पहिलो र महत्त्वपूर्ण निर्णय पनि हो ।’

छायाँनाथ रारा नगरपालिकाले चालु आवको नीति तथा कार्यक्रमै पालिकाभित्रका सार्वजनिक कार्यक्रममा खादा र प्लाष्टिक जन्य सामग्री प्रयोगलाई हटाउने नीतिगत निर्णय गरेको थियो । सोही बमोजिम कार्यपालिकाको बैठक बसेर पालिका भित्र खादा र प्लाष्टिकजन्य फुलमाला जुनसुकै कार्यक्रममा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

पालिकाको निर्णयले पालिकामा पर्यावरण सुरक्षित राख्न तथा नगरपालिकालाई स्वच्छ, सफा र हराभरा राख्नमा पनि सहयोग पुग्ने नगरपालिकाले विश्वास लिने प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले बताएका छन।

प्रतिक्रिया दिनुहोस