१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाबर आजमले दिए कप्तानबाट राजीनामा

अ+ अ-

काठमाडौँ । पाकिस्तान क्रिकेट टिमको कप्तानबाट बाबर आजमले राजीनामा दिएका छन्। बुधबार आजामले सामाजिक सञ्जालमार्फत् आफूले पाकिस्तानको टेस्ट, एकदिवसीय र टी-२० टिमको कप्तान पद त्यागेको घोषणा गरेका हुन्। 

भारतमा जारी एकदिवसीय विश्वकपमा पाकिस्तानको खराब प्रदर्शन पछि आजमको आलोचना भएको थियो। कतिपय आलोचकले उनको राजीनामा सकेत मागेका थिए। 

विश्वकपको सेमिफाइनल पुग्न नसकेको पाकिस्तानले समूह चरणमा ९ खेल मध्ये ४ खेलमा मात्र जित निकालेको थियो। बाबरले विश्वकपमा नौ खेलमा ३२० रन बनाएका थिए। पाकिस्तानका लागि तेस्रो उच्च रन बनाएका उनको ४० को औसत र ८२.९० को स्ट्राइक रेट थियो।

उनलाई २०१९ मा पाकिस्तानको कप्तानको जिम्मेवारी दिइएको थियो। उनी पछिल्लो समय एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानमा रहे पनि यसै महिना भारतका शुभमन गिलले पछि पारेका थिए।

प्रतिक्रिया दिनुहोस