काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालय खुलेको छ। विमानस्थलको उद्घाटनको झन्डै वर्ष दिनमा बिहीबारदेखि अध्यागमन कार्यालय सञ्चालनमा ल्याइएको हो।
गत वर्ष पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेसँगै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको थियो। तर, अध्यागमन कार्यालय भने थिएन।