काठमाडौँ । सरकारले सैनिक विशेष अदालतको अध्यक्षमा न्यायाधीश लेखनाथ पौडेललाई तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पाटन उच्च अदालत पाटनका न्यायाधीश पौडेललाई सैनिक विशेष अदालतको समेत कामकाजको जिम्मा दिएको एक मन्त्रीले बताए ।
सैनिक अदालतमा तीन न्यायाधीशको इजलास रहने व्यवस्था छ । जसमा दुई जना सैनिक प्राड विभागबाट सहभागी हुन्छन्।
सैनिक कोट मार्सलका लागि इजलासले काम गर्दै आएको छ ।







