७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख नहुँदा तीन महिनादेखि कामकाज ठप्प, घाम तापेर दिन कटाउँछन् कर्मचारी

अ+ अ-

सल्यान । ईलाका प्रशासन कार्यालय थारमारे, सल्यान तीन महिनादेखि प्रमुख विहीन छ । गत भदौ ७ गतेदेखि कार्यालय प्रमुखविहीन बनेको हो ।

गृह मन्त्रालयले कार्यालय प्रमुखको व्यवस्था नगर्दा कार्यालयको सेवा प्रभावित भएको छ भने सेवाग्राही मर्कामा परेका छन् । ईलाका प्रशासन कार्यालय थारमारेको कामकाजका लागि यसअघि मन्त्रालयले नायब सुब्बा पिताम्बर के.सी.लाई कायममुकायम प्रमुखको जिम्मेवारी दिएको थियो । उनको समयावधि सकिएपछि नयाँ व्यवस्था नहुँदा कार्यालय प्रमुख विहिन बनेको हो । 

विगतमा के.सी.लाई दुई पटक कामुको जिम्मेवारी दिइएको थियो । कामुको समयावधि सकिए पनि मन्त्रालयले के.सी.को म्याद थप गरेको छैन भने नयाँ कर्मचारीको पनि व्यवस्था गरेको छैन । दोहोर्याएर जिम्मेवारी दिन नमिल्ने भन्दै म्याद थप नभएको के.सी.ले जानकारी दिए । अख्तियारी नहुँदा सेवाग्राहीलाई खलंगा पठाउने गरिएको उनले बताए ।

ग्रामीण क्षेत्रका नागरिकहरुलाई गाउँमै सेवा दिने उद्देश्यले २०७२ सालमा कार्यालय स्थापना भएको हो । कार्यालयमा दैनिक ५० जनासम्म सेवा लिन सेवाग्राही आउने गर्दर्थे । लामो समयसम्म प्रमुख नहुँदा सेवाग्राहीले सास्ती व्यहोर्दै आइरहेको नायव सुब्बा टोपबहादुर बयकले जानकारी दिए ।

प्रमुख नभएपछि कर्मचारी पनि नियमित कार्यालय आउँदैनन् । स्थानीयका अनुसार कर्मचारीहरु आलोपालो गरेर कार्यालय आउने गरेका छन् । ‘नागरिकताको अभिलेख हेरिदिने काम बाहेक अरु काम भएको छैन,’ एक कर्मचारी भन्छन्, ‘कार्यालय आउने गफ गर्ने, घाम ताप्ने, दिन कटाउने, घर र्फकने बाहेक अरु केही काम छैन ।’

बागचौर नगरपालिका, दार्मा गाउँपालिका र कुमाख गाउँपालिका गरी ३ वटा स्थानीय तहलाई सेवा दिने गरी बागचौर नगरपालिकाको वडा न २ मा ईलाका प्रशासन कार्यालय स्थापना भएको हो । कार्यालयबाट नागरिकताको प्रमाणपत्र, नाबालक परिचय पत्र, प्रमाणित, थर प्रमाणित, आदिवासी जनजाति, दलित प्रमाणित लगायतका सिफारिसका सेवाहरू प्रदान गर्दै आइरहेको थियो । 

नायब सुब्बा ज्ञानबहादुर महताराले भने, ‘अहिले खाली बस्नु परेको छ । सेवाग्राहीलाई जिल्लामै पठाइँदिन्छौं ।’ सेवा लिन टाढाँ जानु परेको भन्दै स्थानीयले गुनासो गर्ने गरेको उनले बताए । 

कार्यालयमा कामु खाली भएको विषयमा गृह मन्त्रालयलाई जानकारी गराइसकिएको कर्मचारी बताउँछन् । कार्यालयमा अहिले ६ जना कर्मचारी कार्यरत छन् । कार्यालय प्रमुखको रुपमा अधिकृतको दरबन्द छ ।

प्रतिक्रिया दिनुहोस