७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हामी अहिले कुनै हालतमा सरकारमा जाँदैनौँ, मिडिया ट्रायल गरियो : रास्वपा

अ+ अ-

काठमाडौँ । रास्वपाका महामन्त्री डा. मुकुल ढकाल सरकारमा सहभागी हुने विषयलाई पार्टीले अहिले प्राथमिकतामा नै नराखेको र त्यस्तो कुनै सम्भावना पनि नरहेको बताएका छन् ।

‘हल्ला कसले किन चलायो थाहा भएन, तर यो विषयमा अहिलेसम्म अनौपचारिक छलफलसम्म भएको छैन,’ उनले भने, ‘हामी अहिले कुनै हालतमा सरकारमा जाँदैनौँ ।’

रास्वपाविरुद्ध सत्ताधारी कोणबाट नै मिडिया ट्रायल गर्न खोजिएको आशङ्का ढकालले व्यक्त गरे । राजनीतिक भेटघाट हुँदा औपचारिकताबस मिलेर जाऊँ भन्ने कुरा आउनु स्वभाविक रहे पनि त्यसैलाई ‘अपव्याख्या’ गरेर सरकारमा जान आतुर भनेर प्रचार गर्नु बदनियत पूर्ण रहेको पनि उनको टिप्पणी छ ।

डा. ढकालको अनुसार रास्वपा केही समय पार्टीकै सङ्गठनात्मक कामहरूमा फोकस्ड हुने भएको छ । ‘मिसन ८४ को’ नारा लिएर हिँडेको रास्वपाले अहिल्यैबाट त्यसका लागि आफ्नो सङ्गठनात्मक सुदृढीकरणमा जोड दिएको हो ।

ढकाल भन्छन्, ‘हामीलाई अर्को चुनावमा ६ हजार ७४३ वटा उम्मेदवार खडा गर्नु छ । ७५३ वटा मेयर खडा गर्नु छ । सांसद २७५ जना खडा गर्नु छ । सम्भावित उम्मेदवारलाई राजनीतिक प्रशिक्षण दिनु छ । ८४ मा दुईवटै तहको सरकारको नेतृत्व गर्ने लक्ष्य हाम्रो हो । भागबन्डाका आधारमा यो सरकारमा सहभागी हुन अब रुचि छैन ।’

त्यसो त रास्वपाले ८४ सालभन्दा अगाडि नै ‘मध्यावधि चुनावमा जानुपर्ने पनि हुन सक्ने’ आँकलनसमेत गरिरहेको छ । तर, यसको अर्थ आफ्नो पार्टीले मध्यावधि चुनावको पक्षपोषण नगरेको उनको भनाइ छ ।

‘हामी मध्यावधि चुनाव हुनुपर्छ भनिरहेका छैनौँ । तर, परिस्थिति त्यसतर्फ धकेलिन पनि सक्ने देखेर आफूलाई तयार पार्न जुटेका हौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस