१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ढिके नुनबाट टाढिँदै बझाङी

अ+ अ-

बझाङ । जिल्लाको साइपाल गाउँपालिका-४ धुलीका सोनाम तामाङ ढिके नुन प्रयोग गरेरै हुर्किए। सात दशक उमेर काटेका उनलाई बाल्यकालदेखि नै ढिके नुनका लुकाल (भेडाच्याङ्ग्रामा बोकिने भारी) को खुब सम्झना आउँछ।

च्याङ्ग्रा भेडामा बोकेर गाउँगाउँमा नुनको व्यापार गर्ने तामाङ एक दशकयता भने आयोडिनयुक्त धुलो नुन खाइरहेका छन्। ‘साइपाल गाउँपालिका र तलकोट गाउँपालिकावासी त हाम्रा ग्राहक नै हुन्थे’, विगत सम्झिँदै उनले भने, ‘ताक्लाकोट (चीन) बाट बखरका बखर (भेडाच्याङ्ग्राको समूह)मा नुन ल्याउँथ्यौँ। बेच्थ्यौँ।”

उहिले नुनको कारोबार पैसामा नभई चामलमा हुन्थ्यो। ‘नुनसँग चामल साटेर बखरमै ताक्लाकोट पुर्‍याउँथ्यौँ’, उनी भन्छन्, ‘ताक्लाकोटीलाई चामल चाहिन्थ्यो, बझाङीलाई नुन। नगद पैसाको कारोबार भने खासै हुँदैनथ्यो।’

तामाङले अहिले ढिके नुन ल्याउन छोडेको एक दशकभन्दा बढी भइसक्यो। ‘बुढ्यौलीले छोयो। ताक्लाकोट जान पनि सकिँदैन। कोरोना आएपछि नाका बन्द भयो। गाउँमा पाकेटकमा आयोडिनयुक्त धुलो नुन आउन थाल्यो’, उनले भने।

बस्तुभाउका लागि सदरमुकाम चैनपुरबाटै ढिके नुन आउन थालेको उनले बताए। ‘हामी  ढिके नुन खाएर हुर्कियो। केही भएन’, उनले भने, ‘आजकल ढिके नुन खाँदा बिरामी हुन्छ भन्छन्। त्यसैले गाउँमा सबै पाकेटकै आयोडिनयुक्त नुन खान थालेका छन्।’

खप्तडछान्ना गाउँपालिका-५ की देवकी जोशीलाई पनि ढिके नुनसँग चामल साटेको हिजो जस्तै लाग्छ। ‘गाउँमा भेडावालासँग नुन चामल साट्न छोडेको डेढ दशक भइसकेछ। अहिले त गाउँमा न भेडा आउँछन्, न ढिके नुन नै’, उनले भने।

गाउँमा २०६४/६५ सालभन्दा अगाडि धेरै मान्छे आँखाका बिरामी भेटिन्थे। एकपटक सदरमुकामबाट आएका मान्छेले ढिके नुनका कारण आँखामा समस्या आएको भनेपछि पाकेटको नुन खान थालेको उनले सुनाए। ‘सदरमुकामको टोलीले नुनमा आयोडिन हुने हुँदा दाल उम्लिने बेला, तरकारी पाक्ने बेला मात्रै नुनको प्रयोग गर्नु भनेको थियो। त्यो अहिले पनि सम्झना छ’, उनले भने।

वर्षौँदेखि घरमा ढिके नुनकै प्रयोग गर्दै आएका गाउँलेले आयोडिनयुक्त नुन पाएपछि ढिके नुन छोडेको उनले बताए। ‘शुरुमा सरकारले सहुलियतमा दिने नुन नपाए पनि पाकेटको नुन किनेर खान्थ्यौँ। आजभोलि त घर घरै साल्ट्र ट्रेडिङको नुन पुगिसक्यो’, उनले भने।

जिल्लाभर आयोडिनयुक्त नुनको प्रयोग बढिरहेको छ। सबैभन्दा टाढा साइपालको धुली डिपोबाट पनि नियमित नुन बिक्री भइरहेको साल्ट्र टे«डिङ कर्पोरेसन बझाङ नरेन्द्र भाटले जानकारी दिए।  ‘अहिले सबै ठाउँमा पर्याप्त नुन छ। साइपालको धुलीमा हिउँ पर्न सक्छ भनेर एक सय क्विन्टल थप्न लागेका छौँ’, उनले भने, ‘धुलीमा हिमपात भएपछि ढुवानी गर्न सकिँदैन भनेर आज साइपालमा आएका छौँ। अब एक-दुई दिनमै नुन धुलीमा पठाउने तयारी छ।’

अन्य ठाउँमा अहिलेलाई नुन पर्याप्त भएको उनले जानकारी दिए। उनका अनुसार बझाङमा वार्षिक १४ हजार क्विन्टलको हाराहारीमा नुन आवश्यक पर्छ। यो वर्ष भने झण्डै दुई हजार क्विन्टल कम आएको उनले बताए। डिपोबाट हरेक दिन बिक्री भइरहेको नुन गत महिनादेखि भने आइतबार मात्रै बेच्ने गरेको भाटले बताए। 

‘पहिले नियमित बिक्री गर्थ्यौँ। अहिले अपुग हुने देखेपछि एकै दिनमा समेत क्विन्टलको हाराहारीमा बिक्री हुन थाल्यो। त्यसैले साप्ताहिक रूपमा बेच्न शुरु गरेका हौँ’, उनले भने।