काठमाडौँ । काठमाडौँ महानगरपालिका, शिक्षा विभागले प्रशिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार प्रशिक्षकमा अनुपमा शर्मा सिफारिस भएकी छिन् ।
बागमती प्रदेश सरकारबाट पारित भएको विस्तारित तालिम केन्द्र काठमाडौँको लागि (साबिकको शैक्षिक तालिम केन्द्र) एक जना प्रशिक्षक पदको लागि २८ मंसिरमा आवेदन माग गरिएको थियो ।
माग भए बमोजिम आवेदन दिएका सात जना उम्मेदवारको शैक्षिक योग्यता, कार्यरत अनुभव, भौगोलिकताको अङ्क र शनिवार महानगरको शिक्षा विभागमा लिइएको अन्तर्वार्ता समेतको कुल अङ्कको आधारमा नतिजा सार्वजनिक गरिएको महानगर शिक्षा विभाग प्रमुख तथा छनोट समितिका संयोजक सीताराम कोइरालाले जानकारी दिए ।
प्रशिक्षक छनोट तथा सिफारिस समितिले बागमती प्रदेश, शिक्षा तालिम केन्द्र, धुलिखेल काभ्रपञ्चोकमा सिफारिस गरेको छ ।