७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पौडेलको कमाण्डमा १८८ जना शान्ति सैनिक कङ्गो प्रस्थान

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले मध्य अफ्रिकी मुलुक कङ्गोमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघको मिसनमा तैनाथ आफ्ना सैनिकहरूको अदलीबदली गरेको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्रसंघको स्थिरीकरण मिसन (मोनुस्को) मा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको हो ।

मिसनमा सहभागी नरसिंहदल गणको २९ औँ डफ्फालाई बदली गर्न महावीर शौर्य गण (रेञ्जर) को ३० औँ डफ्फाका १८८ जना नेपाली शान्ति सैनिकहरू शुक्रबार मिसन इलाका प्रस्थान गरेका हुन् । उक्त टोलीको नेतृत्व प्रमुख सेनानी प्रेमप्रसाद पौडेलले गरेका छन् ।

मिसनमा आफ्नो कार्यकाल पूरा गरेको नरसिंहदल गणको २९ औँ डफ्फाका १८८ जना नेपाली शान्ति सैनिकहरू सेनानी कमल थापाको नेतृत्वमा शुक्रबार नै स्वदेश फर्किएका छन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हाल मोनुस्को मिसनमा नेपाली सेनाका १ हजार १५२ जना शान्ति सैनिकहरू कार्यरत छन् ।

राष्ट्र संघको आह्वानमा नेपाली सेनाले आफ्नो तर्फबाट द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ फौज पठाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस