८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ प्रधानमन्त्रीको युगाण्डा भ्रमण तालिका

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा जाने भएका छन्। असंलग्न आन्दोलनका राष्ट्रहरू र सरकार प्रमुखहरूको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । 

आउँदो माघ ५ र ६ गते हुने सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ‘प्रचण्ड’ माघ ४ गते युगाण्डाको राजधानी कम्पाला जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीको स्वकीय सचिवसमेत रहेकी  छोरी गङ्गा दाहाल र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि कम्पाला जानेछन्।

प्रधानमन्त्रीले असंलग्न राष्ट्रहरूको सम्मेलनलाई माघ ५ गते सम्बोधन गर्नेछन् भने अन्य देशका सरकार तथा राष्ट्र प्रमुखहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।

शिखर सम्मेलनअघि माघ ३ र ४ गते बस्ने मन्त्रीस्तरीय बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री साउद सहभागी हुने कार्यक्रम रहेको छ।

त्यसका लागि साउद भने माघ २ गते नै युगान्डा जाने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। असंलग्न आन्दोलन (नाम) का संस्थापक राष्ट्रहरू मध्य नेपाल पनि एक हो।

नेपालको परराष्ट्र नीति पनि असंलग्नताको सिद्धान्तहरूमा आधारित छ। प्रधानमन्त्री ‘प्रचण्ड’ माघ ७ गते नेपाल फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस