२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नसर्ने रोगको उपचार सेवालाई विस्तार गर्दै स्वास्थ्य मन्त्रालय

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोगका कारण हुने सामाजिक र आर्थिक भार तथा मानवीय क्षतिलाई कम गर्न उपचार सेवाको पहुँचलाई विस्तार गर्ने लक्ष्य लिएको छ। यसका लागि मन्त्रालयले बहुक्षेत्रीय कार्ययोजना र रणनीति कार्यान्वयनमा ल्याएको छ।

पछिल्लो समय मुटु, पक्षघात, उच्च रक्तचाप, क्यान्सर, मधुमेह, दमजस्ता रोगीको सङ्ख्या बढ्दै गएको जनाइएको छ। राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबारको बैठकमा मन्त्रालयका सचिव डा। रोशन पोखरेलले प्राथमिक सेवाद्वारा रोगको प्रभावकारी तथा स्रोतले भ्याउन सक्ने रोकथाम तथा उपचारलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए। नसर्ने रोगको उपचारमा एकरूपता, समयमै गुणस्तरीय निदान, रोकथाम तथा नियन्त्रणका लागि परामर्श, स्वास्थ्य संस्था, विद्यालय र समुदायबीच समन्वय तथा स्वास्थ्य सेवामा समतामूलक पहुँच र कार्यदक्षता बढाउने रणनीतिको उद्देश्य रहेको छ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने, सूक्ष्म जीवाणुका माध्यमबाट नहुने रोगलाई साधारणतया नसर्ने रोग भन्ने गरिन्छ। विश्व स्वास्थ्य सङ्गठनका सदस्य राष्ट्रले नसर्ने रोगका कारण हुने अल्पायु मृत्य सन् २०२५ सम्ममा २५ प्रतिशतले घटाउने लक्ष्य लिएका छन्। दिगो विकास लक्ष्यले समेत एक तिहाइ नसर्ने रोगका कारण हुने मृत्यु घटाउने लक्ष्य लिएको छ। उक्त लक्ष्य प्राप्तिका निम्ति सदस्य राष्ट्रले विभिन्न रणनीतिक कार्ययोजना र अवधारणसहित मार्गचित्र कोरेका छन्।

त्यस पक्षलाई ध्यान दिँदै नेपाले पनि नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि नीतिगत, रणीतिगत विभिन्न कार्ययोजना अघि सारेको छ। व्यक्तिको अल्पायुमै मृत्य हुने तथा स्वास्थ्य क्षेत्रमा धेरै धनराशिको खर्च गराउने यी रोगहरू पछिल्लो समय विश्वका प्रमुख महामारीका रूपमा देखापरिरहेका छन्।

लामो अवधि र साधारणतया सुस्त गतिमा प्रभाव पार्ने मुटु तथा रक्तनलीका रोग, मिर्गौला, मधुमेह, दीर्घ श्वासप्रश्वास र क्यान्सरलगायत नसर्ने रोगको सूचीमा पर्छन्। मोटोपन, रक्तचाप, रगतमा गुल्कोज, धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग र मद्यपान, अस्वस्थ्य खानपिन, पर्याप्त शारीरिक गतिविधिजस्ता व्यवहारले यी रोग निम्त्याउँछ।

नसर्ने रोगकै कारण ७१ प्रतिशत मानिसको मृत्यु हुँदै आएको छ। २१ प्रतिशत भने विभिन्न सरुवा रोगबाट मानिसको ज्यान जाने मन्त्रालयको भनाइ छ। बाँकी दैवीप्रकोप, दुर्घटना र आत्महत्याजस्ता विभिन्न कारणबाट मानिसको ज्यान जाने गर्छ। एक तथ्याङ्कअनुसार १७ प्रतिशत महिला र २९.८ प्रतिशत व्यक्तिले कुनै न कुनै प्रकारको तनाव झेल्नु परेको भए तापनि त्यसमध्ये ९० प्रतिशतले कुनै उपचार नगराउने गरेको सचिव डा. पोखरेलले बताए।

यसैबीच, आगामी सन् २०३० सम्ममा मधुमेहले गर्दा लाग्ने रोगका कारण मृत्यु हुनेको सङ्ख्या बढेर ११ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ। लगभग ९६.७ प्रतिशत मानिस सिफारिसअनुसार खानुपर्ने सागसब्जी र फलफूल खाँदैनन्। नसर्ने रोगका प्रमुख कारकमा शारीरिक निष्क्रियता, धुम्रपान, मद्यपानको प्रयोग र अस्वस्थ्य खानपान नै हुन्। नसर्ने रोगका लागि मानिसका लागि प्रभावकारी तथा समतामूलक रोकथाम, उपचार तथा हेरचाह भएको जनाइएको छ।

मन्त्रालयका अर्का सचिव देवकुमारी गुरागाईँले राज्यबाट प्रदान गरिने स्वास्थ्य उपचारसम्बन्धी सेवा र सुविधाबारे अझै धेरैलाई थाहा नभएकाले प्रचारप्रसारको व्यापक आवश्यकता भएको बताउँदै उपलब्ध जनशक्ति र पूर्वाधारको अधिकतम प्रयोग गर्नेमा राज्यको ध्यान जान जरुरी रहेको धारणा राखिन्।

समिति सभापति दिलकुमारी थापाले सरकारको नीति कार्यान्वयन गर्ने सिलसिलामा कहीँ कतै समस्या र अड्चन भएमा समिति बाटो फुकाउन हरदम तयार रहेको बताइन्।