२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनतामा निराशा बाँडेर मुलुकको विकास र समृद्धि हुँदैन : वर्षमान पुन

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले जनतामा निराशा बाँड्ने काम रोकिनुपर्ने बताएका छन्।

गृह जिल्ला रोल्पाको माडीचौर रंगशालामा मंगलबार आयोजित माघे सङ्क्रान्ति महोत्सव तथा खेलकुद कार्यक्रममा बोल्दै पुनले निराशा बाँडेर मुलुकको विकास र समृद्धि नहुने बताए।

नकारात्मकता र निराशा बाँड्नेहरूको समाज बदल्न र मुलुकको नेतृत्व गर्न नसक्ने उनको भनाइ थियो। पुनले पछिल्लो समय मुलुकमा धेरै राम्रा कामहरू पनि भएको भन्दै नकारात्मकता हाबी भएका कारण सकारात्मक कामहरूले कम चर्चा पाएको उल्लेख गरे।

‘समाजमा निराशा बाँड्ने र नकारात्मकता फैलाउने कामहरू हुन थालेका छन्’, पुनले भने, ‘संसारमा निराशा बाँड्नेहरूले कहिल्यै पनि नेतृत्व गर्न सकेका छैनन् र उनीहरूले समाजका लागि सम्झन लायक योगदान दिन सकेको उदाहरण पनि छैन।’

पुनले नेपाल सूचना प्रविधि र यातायातको विकासमा संसारका विकसित मुलुकहरूकै दाँजोमा रहे पनि शिक्षा, स्वास्थ्य र अन्य भौतिक पूर्वाधारमा केही पछि रहेको भन्दै सबै मिलेर मुलुक निर्माण गर्नुपर्ने औँल्याए।

‘आधुनिक नेपालको निर्माण नहुँदै युरोपमा ३ सय वर्षअघि नै औद्योगिक क्रान्ति भएको थियो, हामीले अहिले नेपाल युरोपजस्तो भएन भनेर हुँदैन’, कतिपय कुरामा हामीले अमेरिका र युरोपको दाँजोमा विकास पनि गरेका छौँ। केहीमा पछि छौँ। मुलुकको विकास जरुरी छ। त्यसका लागि दलहरुबीच सहकार्य र एकताको विकल्प छैन।’

पुनले आफ्नो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको एक वर्षे कार्यकालमा धेरै राम्रा कामहरू भएको र अर्को एक वर्ष थप काम गर्ने प्रयत्नमा प्रधानमन्त्री लागिपरेको बताए।