काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेविरुद्ध युवराज सफलले उजुरी दिएका छन्।
सफलले प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमै उजुरी दिएका हुन्। लामिछाने उक्त समितिमा सदस्य रहेका छन् । उनको उजुरी मंगलबार समितिमा दर्ता गरिएको छ।
सहकारी घोटाला प्रकरणमा लामिछाने संलग्न रहेको आरोप लगाउँदै उनले त्यसको छानबिन गर्न पनि माग गरेका छन्।
