९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन 

अ+ अ-

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । प्राधिकरणका अध्यक्षका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सल्लाहकार भूपेन्द्र भण्डारीदेखि साझा प्रकाशनका पूर्व महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मासम्मले आवेदन दिएका छन् ।

टेरामक्स र एमडीएमएस प्रणाली खरिद विवादमा परेपछि २४ पुसमा तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका थिए । त्यसपछि मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि सचिव रामकृष्ण सुवेदीको नेतृत्वको सिफारिस समितिले १४ माघमा अध्यक्ष पदका लागि आवेदन माग्दै सूचना निकालेको थियो ।

जसमा सञ्चार मन्त्रीका सल्लाहकार रहेका भण्डारीदेखि विभिन्न संस्थानहरूमा यसअघि नेतृत्व गरिसकेकाहरू आकांक्षीका रूपमा देखिएका छन् । प्रतिस्पर्धामा प्रबल दाबेदार मानिएका भण्डारी गत ५ असारको मन्त्रिपरिषद्‌ बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको दूरसञ्चार तथा सूचना प्रविधि सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो ।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोसमेतको लगानीमा बुरुण्डीमा चलेको स्मार्ट मोबाइलमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर २००८ देखि २०१५ सम्म काम गरेका भण्डारीले सियरालियोनको इन्टरग्रुप टेलिकममा सीईओ भएर काम गरेका थिए ।

यस्तै बाग्लुङ-९का डोलिन्द्रप्रसाद शर्मा भने अनियमितताको आरोपमा ८ असोज २०७४ साझाबाट बर्खास्तिमा परेका थिए । भण्डारी र शर्मासहित रेडियो नेपालका पूर्व कार्यकारी निर्देशक सुरेशकुमार कार्की पनि प्रतिस्पर्धामा छन् ।

यस्तै अनिल झा, मैनेजरप्रसाद साह, रोहित रौनियार, देवनारायण यादव, प्रकाश बराल, नगेन्द्र कुमार दास, नन्दविक्रम अधिकारी र माधवप्रसाद रेग्मीले आवेदन दिएका छन् । सागरनाथ उपाध्याय, सुशील ओझा, रामदेव यादव, नवीन जिसी, गिरिन्द्रराज अधिकारी, जनार्दन भट्ट र लक्ष्मीप्रसाद पण्डितले पनि दाबेदारी प्रस्तुत गरेका छन् ।

यस्तै दामोदर रेग्मी, शैलेन्द्र गिरी, श्रीकृष्ण सुवेदी, पंकजकुमार दास, गोकर्णप्रसाद सिटौला, चित्रसिंह बुढाथोकी मगर र कमलप्रसाद खनालले पनि आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस