९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन हजार पैँतालिस लागुऔषध कारोबारी पक्राउ

अ+ अ-

काठमाडौँ । बितेका छ महिनामा तीन हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र लागु औषधसम्बन्धी अपराधमा संलग्न  तीन हजार ४५ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । 

उक्त अवधिमा दुई हजार सात सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला पक्राउ परेका हुन् । यीमध्ये एक हजार नौ ६० मुद्दा दर्ता भएका छन् । पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेका हुन् । उनीहरूबाट  आठ हजार तीन सय २० केजी गाँजा, चरेस तीन सय आठ केजी चरेस, १० केजी हेरोइन, २७ केजी अफिम र तीन केजी कोकिन सोही अवधिमा बरामद गरी नष्ट गरिएको समाचारकक्षले जनाएको छ । 

यसैबीच, पनौती नगरपालिका-५ आईटी पार्कस्थित सडकबाट दुई सय ८५ केजी अवैध गाँजासहित तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार नुवाकोटको विदुर नगरपालिका-११ का बुद्धमान तामाङ,  रामेछाप नगरपालिका-८ का  २० वर्षीय सञ्जित तामाङ र ५३ वर्षीया विमला तामाङलाई पक्राउ गरिएको हो । 

आजै अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ७६ ग्रामसहित दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस