२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ८९ जना पक्राउ

अ+ अ-

काठमाडौँ । पछिल्लो ६ महिनाको अवधिमा मात्रै मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न ८९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती मध्ये ६७ जना पुरुष र २२ जना महिला रहेका छन् ।

चालू आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा नै जम्मा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी ७९ वटा मुद्दा दर्ता भएका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) भिमप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार यसै अवधिमा १४९ जनालाई अभियोग लागेको छ भने देशभरबाट २३६ जनालाई उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये १५० महिला, २६ पुरुष र ६० बालिका रहेका छन् प्रवक्ता डीआईजीपी ढकालले बताए ।

मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी अपराध नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालय अन्तरगत रहने गरी मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलले विशिष्टिकृत इकाईको रूपमा काम गर्दै प्रहरीको दाबी छ । सम्बन्धित अपराध अनुसन्धानलाई प्रभावकारी र परिणाममुखी बनाउन ब्युरोले सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्दै आएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

२०७५ सालमा स्थापना भएको मानव बेचबिखन अनुसन्धान ब्युरोको अहिलेसम्म जम्मा एक हजार ११८ जना पक्राउ गरिसकेको छ । ती मध्ये ७८३ जना पुरुष र ३३५ जना महिला पक्राउ परेका छन् । यसै अवधिमा १ हजार ९१९ जनालाई अभियोग लागेको छ । यसै अवधिमा जम्मा ८९२ मुद्दा दर्ता भएका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले मुख्यतः मानव बेचबिखन तथा ओसारपसार अपराधको अनुसन्धान तथा नियन्त्रण र पीडितको उद्धार गर्दै आएको ब्युरोले जनाएको छ ।