काठमाडौँ । लोक सेवा आयोगले उपसचिव पदको बढुवा सूचना तथा विज्ञापन रद्द गरेको छ ।
आयोगले नेपाल परराष्ट्र सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव) पदको बढुवा सूचना तथा विज्ञापन रद्द गरेको हो ।
सर्वोच्च अदालतबाट भएको उत्प्रेषणको आदेश कार्यान्वयनका लागि आयोगको मिति २०८०/११/१० को निर्णयाअनुशार आयोगबाट मिति २०८०/०६/०५ मा प्रकाशित बढुवा सूचना तथा विज्ञापन रद्द गरेको आयोगले जनाएको छ ।
