काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको विकासमा आफू र पार्टीको साथ रहने बताएका छन् ।
भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहलाई सम्बोधनका क्रममा चितवनलाई पर्यटन क्षेत्रको रूपमा विकास गर्न सकिने बताउँदै उनले भने, ‘म निम्तालाई अस्वीकार गर्न नसकेर आएको छु । यहाँको विकासको लागि म र मेरो पार्टी सहयोगी हुन तयार छ । सधैँ साथ रहन्छ ।’
आगामी एक वर्षभित्र आफ्नो सपरिवार चितवन भ्रमणमा आउने योजना बनाएको सुनाए । भरतपुर महानगर प्रमुख रेनु दाहाललाई पनि सफलताको शुभकामना व्यक्त गरेका छन् ।







