२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सात सहायक प्रजिअसहित १८ उपसचिवको सरुवा 

अ+ अ-

काठमाडौँ । सहायक प्रमुख जिल्ला अधिकारीसहित १८ उपसचिवको सरुवा भएको छ । गृह मन्त्रालयले आइतबार विभिन्न जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा कार्यरत ७ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित दुई जना जेलर, दुई जना वरिष्ठ अध्यागमन अधिकृत, ६ जना उपसचिव र एक निर्देशकको सरुवा गरेको हो । 

प्रशासन सिँहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार मोरङ, रौतहट, ललितपुर, सल्यान, रुपन्देही, प्युठान र चितवन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । जसअनुसार जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यको जिल्ला प्रशासन कार्यालय सल्यान सरुवा गर्दै काजमा विपद् प्राधिकरणमा ल्याइएको छ । रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेको गृह मन्त्रालयमा सरुवा भएको छ । 

त्यस्तै ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमर दीप सुनुवारको गृह मन्त्रालय, सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर कुँवरको जिल्ला प्रशासन कार्यालय नवलपरासी(पश्चिम), जिल्ला प्रशासन कार्यालय प्युठानका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालको जिल्ला प्रशासन कार्यालय चितवन र चितवनका सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा सरुवा गरिएको छ । 

यसैगरी गृह मन्त्रालयका उपसचिव टेक कुमार रेग्मीलाई जिल्ला प्रशासन कार्यालय मोरङको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ भने उत्तम कुमार घिमिरेलाई जिल्ला प्रशासन कार्यालय रौतहटको सहायक प्रमुख जिल्ला अधिकारी, छविरमण भट्टराईलाई जिल्ला प्रशासन कार्यालय बाराको सहायक प्रमुख जिल्ला अधिकारी, इलाका प्रशासन कार्यालय टिकापुरका चिरञ्जीवी रानालाई रुपन्देहीको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । गृह मन्त्रालयकै उपसचिव द्वय कृष्ण प्रसाद सापकोटा र पुष्कर रानालाई क्रमशः अध्यागमन कार्यालयको निर्देशक र जिल्ला प्रशासन कार्यालय जाजरकोटको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गर्दै विपद् प्राधिकरणमा काज गरिएको छ । 

प्राप्त विवरण अनुसार कारागार कार्यालय नख्खुकी जेलर कल्पना घिमिरे नेपाललाई जिल्ला प्रशासन कार्यालय ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारी, र केन्द्रिय कारागार कार्यालयका जेलर ललित कुमार बस्नेतलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । 

यसैगरी अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलका वरिष्ठ अध्यागमन अधिकृत मित्रलाल शर्माको कारागार कार्यालय नख्खु र पोखरा अन्तराष्ट्रिय विमानस्थल कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत लीला वल्लभ न्यौपानेको अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा सरुवा गरिएको छ भने अध्यागमन विभागका निर्देशक कृष्ण बहादुर कटुवाललाई केन्द्रीय कारागार कार्यालयको जेलरमा सरुवा गरिएको छ ।