२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश तहका कर्मचारीलाई प्रदेश सचिवको जिम्मेवारी दिन माग 

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका १०औँ र ११औँ तहका कर्मचारीहरूले प्रदेश मन्त्रालयको सचिव पदमा जिम्मेवारी दिने व्यवस्था मिलाउन माग गरेका छन् । 

उनीहरूले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र पठाउँदै यस्तो माग गरेका हुन् । 

ज्ञापन पत्रमा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोधार्थ पठाइको छ । ज्ञापन पत्रमा विभिन्न छ बुँदे माग राखिएको छ ।

प्रदेश तहका ११ औँ तहका १२ जना र १० औँ तहका एक जना कर्मचारीले संयुक्त हस्ताक्षर गरी बुझाएको ज्ञापन पत्रमा प्रदेशमा नै ११औँ तहका कर्मचारी उपलब्ध भएको सेवाको पदमा संघबाट सचिव खटाउने व्यवस्थाको अन्त्य गरी प्रदेशमा उपलब्ध जनशक्तिबाट प्रदेश सचिवको पदपूर्ति नहुने अवस्थामा मात्र प्रदेश सरकारको माग बमोजिम संघीय सरकारबाट प्रदेश सचिवमा कामकाज गर्न खटाइने व्यवस्था मिलाउन माग गरिएको छ ।

‘कर्मचारी समायोजन ऐन, २०७४ को दफा ११ को उपदफा ३ मा प्रदेश कानुन बमोजिम प्रदेश सचिवको पदपूर्ति भएपछि त्यस्तो पद स्वतः प्रदेश निजामती सेवाको पद मानिने छ भन्ने व्यवस्था भएको, सोही ऐनको मर्म बमोजिम बागमती प्रदेश सभाबाट पारित प्रदेश निजामती सेवा ऐन, २०७९ ले ११औँ तहको कर्मचारी प्रदेश सचिव हुने प्रबन्ध गरेको, हाल प्रदेशको तपशीलका सेवामा ११औँ तहमा प्रदेश निजामती सेवाका कर्मचारी समेत उपलब्ध भइसकेको सन्दर्भमा क्रमशः प्रदेश निजामती सेवाका कर्मचारीलाई प्रदेश मन्त्रालयको सचिव पदमा जिम्मेवारी दिने व्यवस्था मिलाइयोस्,’ ज्ञापन पत्रमा भनिएको छ ।