२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बडीमालिकामा महिला कर्मचारीबिच कुटाकुट, अनुसन्धान नसकिँदासम्म हाजिर गर्न रोक

अ+ अ-

काठमाडौँ । बाजुराको बडीमालिका नगरपालिकामा कर्मचारीबीच कुटाकुट भएको छ । नगरपालिकाको गरिबी निवारणका लागि उद्यम विकास (मेड्पा) कार्यक्रममा कार्यरत दुई महिला कर्मचारीबिच शुक्रवार कार्यालय समयमा कुटाकुट भएको हो ।

मेड्पा परियोजना प्रमुख रन्जीता शाही र सोही परियोजनाकी कर्मचारी कविता सूर्यवंशीबीच परियोजनाकै बारेमा विवाद हुँदा कुटाकुट भएको हो । कार्यसम्पादन मूल्याङ्कन र दैनिक कार्ययोजनाबारे छलफल भइरहँदा कसले के जिम्मा लिने र के बनाउने ? भन्ने विषयमा आपसमा कुरा नमिलेपछि स्थिति हात हालाहालसम्म पुगेको बताइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले घटनाबारे जानकारी लिए पछि  मिलाउने प्रयास गरेका थिए । ‘एउटै शाखामा काम गर्न नसक्ने हो भने शाखा परिवर्तन गरिदिन्छु भनेको थिए’, उनले भने, ‘उनीहरू बिच आन्तरिक द्वन्द्व रहेछ । बेलुका घटना बारे बुझ्दै थिए । कविता बेहोस भइन् । उनलाई अस्पताल पठाए ।’

घटनापछि बेहोस भएकी कविताको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । कार्यालय प्रमुखसँग कुरा गर्दै गर्दा उनी एकाएक बेहोस भएपछि अस्पताल लगिएको हो । दुई कर्मचारी बिच कुटाकुटको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ‘घटना सामान्य जस्तो लागेको थियो’, प्रमुख प्रशासकीय अधिकृत केसीले भने, ‘लुछाचुँडी गरेको भिडियो सञ्जालमा देखेँ । म चकित भए । अहिले छानबिन सुरु भएको छ ।’

नगरपालिकाका उपप्रमुख नन्दा कुमारी थापाको अध्यक्षतामा आइतबार बसेको बैठकले दुवै कर्मचारीलाई अनुसन्धान नसकिँदासम्म हाजिर नगराउने निर्णय गरेको छ । साथै उनीहरूसँग लिखित स्पष्टीकरण मागिने भएको छ । दुवै करारका कर्मचारी हुन् । 

कार्यालयमा दुई कर्मचारी बिच भएको कुटाकुटको अन्य कर्मचारीले भिडियो खिचेका थिए । भिडियो हेर्दा कर्मचारीहरू छुट्टाउनु भन्दा उनीहरूको झगडामा रमिते बनेको देखिन्छ ।