काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जिम्मेवारी अझै बढेको बताएका छन्। संसदबाट तेस्रो पटक विश्वासको मत पाएसँगै ‘प्रचण्ड’ले सो प्रतिक्रिया दिएका हुन्
बुधवार संसदमा विश्वासको मत लिएसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले राष्ट्र र जनताको पक्षमा राम्रो काम तीव्र गतिमा पूरा गर्ने आफ्नो जिम्मेवारी रहेको बताए।
उनले काँधमा जिम्मेवारी थपिएको बताए। उनले संयमित वातावरणमा लोकतान्त्रिक ढंगले विश्वासको मत पाएको पनि बताए।