२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राया गाउँका सरकारी कार्यालयमा विद्युत् सेवा विस्तार

अ+ अ-

सिमकोट (हुम्ला) ।  हुम्लाको खार्पुनाथ गाउँपालिका-३ राया गाउँका सरकारी तथा सङ्घसंस्थाका कार्यालयमा विद्युत् सेवा विस्तार गरिएको छ । 

रायाखोला जलविद्युत् कार्यालय, हुम्ला माध्यमिक विद्यालय, स्वास्थ्यचौकी र सहकारीलाई राति मात्रै विद्युत् सेवा उपलब्ध गराउँदै आएको थियो भने बुधबारदेखि चौबिसै घण्टा विद्युत् सेवा निरन्तर हुने गरी विद्युत् सेवा विस्तार गरिएको उक्त कार्यालयका अध्यक्ष टेकबहादुर बुढाले बताए । स्वास्थ्य चौकीमा बिरामीको विद्युतीय माध्यमबाट सेवा प्रवाहमा सघाउन लाइन विस्तार गरिएको अध्यक्ष बुढाले जानकारी दिए । 

विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालय र सहकारी संस्थालाई सेवा प्रवाह गर्न विद्युत् सेवा उपलब्ध गराइएको उनले बताए ।अब यी सरकारी कार्यालयमा निरन्तर विद्युत् सेवा उपलब्ध भएपछि दैनिक कार्यसम्पादन गर्न सहज हुनेछ । 

विद्युत् लाइन विस्तार गर्न तारको व्यवस्था उक्त कार्यालयले गरेको थियो भने प्राविधिक खर्च वडा कार्यालयले बेहोरेको थियो । 

वडा कार्यालय, स्वास्थ्यचौकी र विद्यालयलाई मासिक रु दुई हजार विद्युत् शुल्क तोकिएको अध्यक्ष बुढाले बताए। गाउँमा रहेको दुधेदह प्राङ्गारिक कृषि सहकारी संस्थालाई सरकारी कार्यालयलाई रु एक हजार शुल्क तोकिएको छ । गाउँमा विद्युत् सेवा उपभोग गर्ने सेवाग्राहीलाई मासिक शुल्क रु दश  तोकिएको छ । पच्चीस किलोवाट क्षमताको रायाखोला जलविद्युत् आयोजनाबाट विगत ६ वर्षदेखि जिल्लाका विभिन्न भागमा विद्युत् सेवा प्रदान हुँदै आएको छ ।