काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले कर्मचारीहरूको उमेरहद बढाउनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रिय तथ्याङ्क कार्यालयले १५ वर्षदेखि ६५ वर्ष उमेर समूहलाई कामकाजी मानेको उल्लेख गरे ।
उनले भने, ‘ अब हामीले अवकाशको उमेर ६०-६२ बाट केही बढाउनुपर्छ ।’







