२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करमा लाग्ने जरिबाना मिनाहा निर्माण गर्न व्यवसायीको माग

अ+ अ-

काठमाडौँ । निर्माण व्यवसायीले आफूले गरेको कामको राज्यबाट लामो समयदेखि भुक्तानी नपाएको भन्दै सरकारलाई तिर्नुपर्ने विभिन्न प्रकारका करमा लाग्ने जरिबाना छुट दिन माग गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको २५औँ साधारण सभापछि मकवानपुर घोषणापत्र जारी गर्दै महासंघले यस्तो माग गरेको हो ।

राज्यबाट अर्बौँ रुपैयाँ भुक्तानी नहुँदा सरकारलाई तिर्नुपर्ने भ्याट र आयकरको सावाँ रकममा लाग्ने ब्याज, हर्जाना, जरिबाना तथा थप दस्तुर मिनाहाको माग महासंघले गरेको छ ।

राज्यले संकलन गर्नुपर्ने राजस्वमा समेत छुट दिनुपर्ने र यस्तो रकम रकम किस्ताबन्दीमा भुक्तानी दिनुपर्ने समेत व्यवसायीको माग छ ।

व्यवसायीले निर्माण कम्पनीको नाममा रहेका यन्त्र उपकरण, हेभी तथा साना सवारी साधन लामो समयदेखि नवीकरण हुन बाँकी रहेकोले यस्तो रकममा लाग्ने हर्जाना, ब्याज, जरिबाना शुल्क लगायत नवीकरण रकम एक पटकका लागि मिनाहा दिन माग गरिएको छ ।

निर्माणजन्य ठुला यन्त्र उपकरण सवारी साधन नभएको र यस्ता उपकरणमा सवारी कर लिन नहुने निर्माण व्यवसायीको माग छ ।

यन्त्र उपकरणको हकमा यातायात व्यवस्था विभागबाट सवारी कर लिन नहुने व्यवसायीको तर्क छ ।

व्यवसायीले निर्माण उद्योगमा प्रयोग हुने हेभी यन्त्र उपकरण तथा टिपर, ट्याङ्कर, पिकअप लगायत सवारी साधनमा इजाजतपत्र प्राप्त निर्माण व्यवसायीले मात्र आयोजनाको सिफारिसमा भन्सार सुविधा पाउनु पर्ने व्यवसायीको माग छ ।

विगतमा एक प्रतिशत रहेको भन्सार दर बढाएर सरकारले ५ प्रतिशत पुर्‍याएको भन्दै त्यसलाई झार्नु पर्ने व्यवसायीको माग छ ।