१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य मन्त्रीद्वारा गजेन्द्र नारायण सिंह अस्पतालमा अनुगमन

अ+ अ-

बोदे बर्साईन (सप्तरी) । नेपाल सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले गजेन्द्रनारायण सिंह अस्पतालको अनुगमन गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षसमेत रहेका मन्त्री यादवले आज अस्पताल अनुगमन गरेका हुन् ।  

उनले अस्पतालको आकस्मिक कक्ष, ओपिडी कक्ष, फार्मेशीलगायत विभिन्न कक्षको अनुगमन गर्नुका साथै भर्ना भएका बिरामीको अवस्थाबारे जानकारी लिएका हुन् । मन्त्री यादवले अस्पतालको स्तरोन्नतिका लागि आवश्यक भौतिक संरचना तथा स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिँदै अस्पताल प्रशासनले राखेका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

अहिले भौतिक संरचनाको अभाव भए पनि बिरामीलाई उपचार सेवा दिइराख्नुपर्ने उनले बताए । चिकित्सक र उपकरणको अझै धेरै आवश्यकता रहेको उपप्रधानमन्त्री यादवले बताए । अस्पतालको निर्माणाधीन भवनको कार्य पनि अन्तिम चरणमा पुगेको छ । 

हस्तान्तरण भएपछि ती समस्या हल भएर जाने छ । अनुगमनका क्रममा मन्त्री यादवले भौतिक संरचना निर्माण भए पनि त्यसलाई सञ्चालनमा ल्याउन अझै धेरै काम बाँकी रहेको बताए । उनले भने, “यसको दरबन्दी व्यवस्थापनमा विशेष ध्यान दिन्छु । मन्त्री यादवले अस्पतालमा भौतिक संरचना निर्माण भए पनि त्यसलाई सञ्चालनमा ल्याउन अझै धेरै काम बाँकी रहेको बताए । 

मेडिकल शिक्षा अध्ययनका लागि अस्पताल सञ्चालन गर्न आवश्यक छ । बाहिरी क्षेत्रबाट चिकित्सक सप्तरीमा आउन नमान्ने भएकाले अस्पतालमा मेडिकल शिक्षा सञ्चालन भएपछि यसै क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुने मन्त्री यादवले बताए । अहिले अस्पतालमा चिकित्सक र उपकरणसहित जनशक्ति र भौतिक संरचनाको आवश्यकता देखिएको उनले जानकारी दिए । 

“भौतिक संरचना अन्तिम चरणमा छ नै आवश्यकमात्रामा चिकित्सकको व्यवस्था गरेर राम्रो उपचार दिने स्वास्थ्य केन्द्रको रूपमा स्थापित गर्ने ढङ्गले अगाडि बढाउने मेरो प्रयास छ”, उनले भने ।