७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीमा बोगटीको सधैँ अभाव महसुस भइरहन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको सधैँ अभाव महसुस हुने गरेको बताएका छन् । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आठौँ वार्षिक साधारणसभा तथा स्मृति दिवस समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले इमान्दार र सादगी नेता बोगटीको अभाव भइरहेको बताए । 

प्रधानमन्त्री दाहालले भने, ‘पोष्टबहादुर बोगटी एक इमान्दार नेता हुनुहुन्थ्यो, वहाँको सम्पूर्ण जीवन त्याग र निष्ठाले भरिपूर्ण छ । बोगटी एक सहयोगी भावनाको, आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध, सक्षम र समन्वयकारी नेता हुनुहुन्थ्यो ।’

बोगटीको निधनपछि पार्टीमा समन्वयको अभाव महसुस हुने गरेको प्रधानमन्त्री दाहालले स्मरण गरे । उनले भने, ‘अप्ठ्यारो परेको बेला उहाँले समन्वय गर्नुहुन्थ्यो । पार्टीमा उहाँको अभाव खड्किरहन्छ ।’

कार्यक्रममा माओवादी केन्द्रका सचिव गिरिराजमणि पोखरेल, प्रतिनिधिसभामा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी, नेता पुष्पविक्रम मल्ल, बोगटीका पत्नी राममाया बोगटीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस