गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकता अभिलेखसँग सम्बन्धित सूचना बुझ्न सहजीकरणका लागि कर्मचारी तोकेको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकताको प्रमाणपत्र लिइ बाहिर बसोबास गरेका, बसाइसराइ गरेका सेवाग्राहीहरूको सहजताका लागि पाँच जना कर्मचारी तोकिएको हो । सेवाग्राहीको माग अनुसार अभिलेख पठाउन कार्य भई रहेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले सूचना जारी गरेको सूचनामा उल्लेख छ ।
गैरेद्वारा जारी सूचनामा भनिएको छ, ‘सेवाग्राहीको सहजताका लागि कार्यालयको सम्पर्क व्यक्तिको रूपमा अभिलेखसँग सम्बन्धित सूचना बुझ्न वा सहजीकरण गर्नको लागि नारायण घर्ती, ज्ञानेन्द्र बि.क., युवराज बस्नेत, करुणा न्यौपाने र सुशिला पुरीसँग सम्पर्क राख्न सकिन्छ ।’
