७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयुक्त पद प्रदान कवाज सम्पन्न

अ+ अ-

काठमाडौँ । सैनिक प्रतिष्ठानमा सञ्चालित सी.सं. ६१ अधिकृत क्याडेट तालिम, सी.सं.३ स्नातक अधिकृत क्याडेट तालिम र सी.सं.५१ पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्य रहेको समारोहमा तालिममा सहभागी अधिकृत
क्याडेटहरुले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए ।

त्यस अवसरमा सी.सं.६१ अधिकृत क्याडेट तालिमका १२ महिला तथा बङ्गलादेश, श्रीलङ्का र जाम्वियाका ३ जना सहित ७८ पुरुष गरी जम्मा ९० जना, सी.सं.३ स्नातक अधिकृत क्याडेट तालिमका ७ जना र सी.सं. ५१ पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिमका ३६ जना गरी कुल १३३ जना अधिकृत क्याडेटहरुले आयुक्त पद प्राप्त गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्रीले सी.सं.६१ अधिकृत क्याडेट तालिममा सर्वप्रथम हुने प्रतिष्ठान ज्येष्ठ प्रशिक्षार्थी अधिकृत क्याडेट दीपेन्द्र कडायत, महिलातर्फ प्रथम हुने अधिकृत क्याडेट दिपा घिमिरे, सी.सं.३ स्नातक अधिकृत क्याडेट तर्फ प्रथम हुने मनिष खड्का, सी.सं. ५१ पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिममा प्रथम हुने अधिकृत क्याडेट विवेक अधिकारी र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय अधिकृत क्याडेट बङ्गलादेशका सैफुर रहमान खानलाई श्रेष्ठताको प्रतीक खुकुरी एवं छडी प्रदान गरे ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले नवआयुक्त अधिकृतहरूलाई लामो अवधिको आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी आयुक्त पद प्राप्त गर्न सफल भएकोमा बधाई दिँदै आगामी सैनिक जीवनमा सफलताको लागि शुभकामना व्यक्त गरे।

उनले राष्ट्र र जनताको लागि सैनिक सेवा मार्फत आफ्नो जीवन समर्पण गर्न लिनु भएको अठोटको सराहना गर्दै सेनामा सेवा गर्न प्रेरित गर्नुहुने अभिभावक र आफन्तजनमा आभार व्यक्त गरे । सम्बोधनकै क्रममा प्रधानमन्त्रीले नेपाली सैनिक प्रतिष्ठान, परिपाटीमा शिक्षार्थीको सङ्ख्या बढ्दै गएको र तालिम इलाका सीमित रहेकाले काभ्रेको पनौतीमा यसको उप केन्द्र निर्माण गर्ने सम्बन्धमा सङ्गठनको प्रस्ताव प्रति सरकारको तर्फबाट आवश्यक सहयोग हुने बताए ।

आयुक्त पद प्रदान कार्यक्रममा रक्षा मन्त्री हरि प्रसाद उप्रेती, प्रधान सेनापति महारथी प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा, पूर्व प्रधान सेनापतिहरू, बलाध्यक्ष रथी, रथीवृन्द, पूर्व कमाण्डाण्ट, प्राध्यापकहरू, भक्तपुर जिल्लास्थित सरकारी निकायका पदाधिकारीहरू, अन्य सुरक्षा निकायका पदाधिकारीहरू, नेपाली सेनाका अधिकृत, सैनिक सहचारीहरू, सञ्चारकर्मी एवं नव आयुक्त अधिकृतहरूको परिवारजनको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस